कार्टुन- बालुवाटारमा र्‍याप सुन्दै, निदाउँदै प्रधानमन्त्री | Khabarhub Khabarhub

कार्टुन- बालुवाटारमा र्‍याप सुन्दै, निदाउँदै प्रधानमन्त्री


१६ फाल्गुन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


657
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- गत असार ३१ गते प्रधामन्त्रीमा पदमा फर्किन सफल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग करिब दुईतिहाइ बहुमत छ ।

देशकै ठूलो दल नेपाली कांग्रेसकोसमेत साथ पाएका ओली आफ्नो पहिलो र दोस्रो कार्यकालमा जसरी काम गर्न सकिरहेका छैनन् ।

दोस्रो कार्यकालयमा भौतिक पूर्वाधार निर्माणमा उपलब्धि देखाउन सकेका उनी यो कार्यकालमा विचलित भएको जस्तो देखिन्छन् । सरकार शक्तिशाली छ तर जनतामा निराशा र सडकमा अराजकता बढ्दैछ ।

अधिकांश मन्त्रीहरूको पनि कामभन्दा धेरै विवाद छ । ऊर्जामन्त्री दीपक खड्का नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई हटाउन हात धोएर लागेका छन् ।

अन्य मन्त्रीहरूको पनि कार्यप्रगति पनि राम्रो छैन । प्रधानमन्त्रीकै कार्यालय कार्यप्रगति विवरणमा असफल भएको छ । यस्तो अवस्थामा कार्यशैली सुधार्ने भन्दा विभिन्न नाममा भाइरल भएकाहरूसँग बालुवाटारमा गनथन गरेर ओली बसेका छन् ।

पछिल्लो पटक उनले टिकटक लाइभमा बसेर ट्याप ट्याप गर्नू भन्ने अंश बर्मा र आफूलाई कलाकार रुपमा चिनाउँदै आएकी मिस पबीलाई भेटे । त्यसलगत्तै अहिलेका चर्चित गायक कुम: सागरलाई पनि बालुवाटार बोलाएर गीत सुने । उनले मीठो लयमा गीत सुनाए ।

कुम: सागर बालुवाटार छिरेपछि एमालेकै एकजना नेता राजीव पहारीले आफ्ना छोरालाई पनि लगेर ओलीलाई भेटाए । जहाँ पहारीका छोराले ओलीलाई बिट्स र र्‍याप सुनाए । उक्त भिडियो राजीव आफैंले फेसबुकमा हालेपछि भाइरल मात्रै भएन ‌ओलीको हाँसीमजाक पनि बनाइयो ।

दुईतिहाइ नजिकको सरकारको नेतृत्व यस्ता कुरामा अलमलिएर बस्दा देशको आर्थिक अवस्थाले न त गति लिन सकेको छ न त रोजगारी नै बढेको छ। त्यहीकारण यो सरकारले जनताको निराशा चिर्न नसकेको कुरा उठिरहेको छ ।

यिनै सन्दर्भलाई व्यंग्य गर्दै यो कार्टुनमार्फत् प्रधानमन्त्रीको कार्यप्रगति देखाउन खोजिएको छ । वास्तविक कार्यप्रगतिमा फेल ओली अहिले आफ्नै नामको केपी ओली कपसहितमा अल्झिएर बसेको सन्दर्भमा यस कार्टुनमार्फत् खबरदारी गर्न खोजिएको हो ।

प्रकाशित मिति : १६ फाल्गुन २०८१, शुक्रबार  ४ : २९ बजे

सरकारले औपचारिक रूपमा भन्यो– कुलमान हटे, हितेन्द्र आए 

काठमाडौं– सरकारले नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई बर्खास्त

१० प्रतिशतले बढ्यो बीमा शुल्क आम्दानी, बीमालेख सङ्ख्यामा पनि वृद्धि

काठमाडौं– बीमा कम्पनीहरूले बीमा शुल्क आम्दानीमा वृद्धि गरेका छन् ।

प्रधानमन्त्री भन्छन्- कुलमानको चमत्कारले लोडसेडिङ हटेको होइन

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले वर्षौं लगाएर आयोजना निर्माण

सुडानको डार्फर बजारमा सेनाको आक्रमण, सयौँको मृत्यु  

एजेनसी– एक सुडानी युद्ध निगरानी समूहले मंगलबार सेनामाथि देशको पश्चिमी

आईएमई ग्रुप र आईएक्सआई कर्पको लगानीमा काठमाडौं टेक्निकल स्कुल सञ्चालन

काठमाडौं– आइएमई ग्रुप र आइएक्सआइ कर्पले संयुक्त रुपमा काठमाडौँ टेक्निकल