गृहमन्त्री भन्छन्- सदनले सबै अध्यादेश स्वीकृत गर्छ « Khabarhub

गृहमन्त्री भन्छन्- सदनले सबै अध्यादेश स्वीकृत गर्छ


१६ फाल्गुन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


270
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गृहमन्त्री रमेश लेखकले सरकारले जारी गरेको अध्यादेश सदनले स्वीकार गर्ने दाबी गरेका छन् । 

शुक्रबार काठमाडौंमा नेशनल प्याव्सनको ८ औं राष्ट्रिय महाधिवेशन उद्घाटन गर्दै मन्त्री लेखकले प्राविधिक र प्रक्रियागत कारणले अध्यादेश प्रतिस्थापन गर्न ढिलाइ भएको भन्दै समयभित्रै अध्यादेशलाई अघि बढाउने र सदनले स्वीकार गर्ने दाबी गरेका हुन् ।

उनले मुलुकमा सुशासन कायम गर्न र आर्थिक अवस्थालाई चलायमान बनाउन अध्यादेश ल्याएको बताए । अहिलेको समीकरण केही नेताहरूलाई प्रधानमन्त्री र मन्त्री बनाउनको लागि मात्रै नबनेको उनले बताए । 

उनले देशमा दिगो शान्ति, सुशासन र समृद्धिको यात्रा तय गर्न अहिलेको गठबन्धन बनेको उल्लेख गरे । उनले शिक्षा विधेयकलाई समयमा नै पारित गरी शिक्षा क्षेत्रको कानूनी र नीतिगत सुधार गर्ने बताए ।  

मन्त्री लेखकले संघीय संसदमा विधेयकलाई अघि बढाउन ढिलाइ भएकाले निश्चित समयवधिभित्र विधायनका बिषयलाई टुङ्गाउने गरी काम गर्ने धारणा राखे । 

उनले नीजि वा आवासीय विद्यालयका कारण सार्वजनिक वा सामुदायिक विद्यालयको गुणस्तर नघट्ने जिकिर गरे । 

प्रकाशित मिति : १६ फाल्गुन २०८१, शुक्रबार  ४ : ५३ बजे

घोडा चढ्ने मान्छे लड्छ, फेरि उठेर रेसमा जानुपर्छ : सांसद् खड्का

काठमाडौं- प्रतिनिधि सभामा ३८ सिट जितेको नेपाली कांग्रेसले यतिबेला निर्वाचनको

प्रभु बैंकले मनायो ‘ग्लोबल मनि विक- २०२६’

काठमाडौं– प्रभु बैंक लिमिटेडको कमलादी शाखाद्धारा ‘स्मार्ट मनी टक्स’ भन्ने मूल

पूर्णागिरि मेलापछि महेन्द्रनगरमा भारतीय दर्शनार्थीको घुइँचो

महेन्द्रनगर– कञ्चनपुरको महेन्द्रनगरमा भारतीय दर्शनार्थीको घुइँचो लागेको छ ।  भारत उत्तराखण्डको

लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु, मुख्यमन्त्रीले गरे उद्घाटन

लुम्बिनी– लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा आजदेखि ‘एमआरआई’सेवा सुरु भएको छ

माइतीघरमा सहकारी पीडितको विरोध प्रदर्शन (तस्बिरहरू)

काठमाडौं– सहकारीमा बचत गरेको रकम फिर्ता हुनुपर्ने माग राख्दै सहकारी