‘जर्मनी निकट साझेदार भारतसँग सम्बन्ध थप मजबुत बनाउन चाहन्छ’ « Khabarhub

‘जर्मनी निकट साझेदार भारतसँग सम्बन्ध थप मजबुत बनाउन चाहन्छ’


१६ फाल्गुन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतका लागि जर्मन राजदूत फिलिप एकरम्यानले आफ्नो मुलुक भारत लगायत निकट साझेदारसँगको सम्बन्धलाई थप मजबुत बनाउन प्रतिबद्ध रहेको बताएका छन् । 

जर्मनीमा सम्पन्न संघीय निर्वाचनपछि जर्मन विदेश नीतिबारे चासो बढिरहेका बेला राजदूत एकरम्यानले भारतसँगको सम्बन्धलाई थप मजबुत बनाउन प्रतिबद्ध रहेको बताएका हुन् ।

भारतीय समाचार संस्था एएनआईसँगको कुराकानीका क्रममा राजदूतले बर्लिनमा सरकार परिवर्तन भए पनि भारतसँगको सम्बन्धमा कुनै बाधा उत्पन्न नहुने प्रस्ट पारे । निकटस्थ साझेदार भएकाले जर्मनीले भारतसँगको सम्बन्धलाई उच्च महत्त्व दिएको उनको भनाइ छ ।

हालै जर्मनीमा सम्पन्न संघीय निर्वाचनमा मध्य दक्षिणपन्थी सीडीयू/सीएसयू गठबन्धन सबैभन्दा ठूलो दल बनेर उदाएको छ । त्यसैगरी, उग्र दक्षिणपन्थी एएफडी पार्टी दोस्रो र निवर्तमान सरकारको नेतृत्व गरिरहेको मध्य वामपन्थी एसपीडीले तेस्रो स्थानमा चित्त बुझाएको छ ।

यद्यपि कुनै पनि पार्टीले स्पष्ट बहुमत ल्याउन नसकेकोले नयाँ सरकार बन्न अझै केही समय लाग्ने अपेक्षा गरिएको छ । युरोपेली युनियन ईयू र अमेरिकाबीच सम्बन्धमा खटपट उत्पन्न भइरहेका बेला ईयूको सबैभन्दा ठूलो अर्थतन्त्र जर्मनीको चुनाव परिणामलाई निकै चासोपूर्वक हेरिएको छ ।

प्रकाशित मिति : १६ फाल्गुन २०८१, शुक्रबार  ४ : ५६ बजे

यस्ता छन् मन्त्रिपरिषद् बैठकका छ निर्णय

काठमाडौं– सरकारले राष्ट्रिय सभाको अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय

नेपालको कुल स्वास्थ्य खर्चको सबैभन्दा ठूलो हिस्सा नसर्ने रोगमा : स्वास्थ्यमन्त्री 

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा. सुधा शर्मा गौतमले नेपालको कुल

सुदूरपश्चिममा ‘निर्वाचन प्रहरी’मा चार हजारभन्दा बढीको आवेदन

महेन्द्रनगर– पछिल्लो तीन दिनमा सुदूरपश्चिम प्रदेशमा निर्वाचन प्रहरीमा भर्ना हुनका

मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध

मुस्ताङ– यहाँका पाँच वटै स्थानीय तहमा शनिबार साँझदेखि नियमित विद्युत्

बैतडीमा जिप दुर्घटना : मृतकको सङ्ख्या चार पुग्यो

बैतडी– जयपृथ्वी राजमार्ग अन्तर्गत बैतडीको पाटन  नगरपालिका–८ साडीघाटीमा जिप दुर्घटना