तीव्र गतिमा विकास हुँदै भारतको खेलौना उद्योग « Khabarhub

तीव्र गतिमा विकास हुँदै भारतको खेलौना उद्योग


१६ फाल्गुन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतमा खेलौना उद्योगको तीव्र विस्तार भइरहेको पाइएको छ । पञ्जाब नेशनल बैंकको रिपोर्ट अनुसार यस उद्योगको तीव्र विस्तारका कारण विगत ५ वर्षमा भारतबाट खेलौनाको निर्यात ४० प्रतिशतले वृद्धि भएको छ । सोही अवधिमा भारतमा खेलौनाको आयात भने ७९ प्रतिशतले घटेको छ ।

भारतीय समाचार संस्था एएनआईका अनुसार भारतको खेलौना उद्योग सन् २०२३ मा लगभग १.५ अर्ब अमेरिकी डलर बराबर रहेको छ ।

आर्थिक वर्ष सन् २०२५/२६ को बजेटले ‘मेड इन इण्डिया’ ब्रान्ड अन्तर्गत उच्च गुणस्तरका खेलौना उत्पादन गर्ने योजनालाई सहयोग गर्ने नीति लिएको छ ।

बैंकको रिपोर्टअनुसार सन् २०३२ मा विश्व खेलौना बजारको कुल मूल्य १ खर्ब ७९ अर्ब अमेरिकी डलर बराबर पुग्ने देखिएको छ । भारतमा खेलौनाको उत्पादन बढ्दै जाँदा भारतीय अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्नेमात्र नभई यसले भारतलाई विश्वव्यापी औद्योगिक उत्पादनको केन्द्रका रूपमा विकास गर्ने सरकारको लक्ष्यलाई थप सुदृढ बनाउने अपेक्षा अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : १६ फाल्गुन २०८१, शुक्रबार  ५ : ०९ बजे

पृथ्वी राजमार्ग एकतर्फी अवरुद्ध, पहिरो पन्छ्याइँदै

चितवन– पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–४ स्थित मुग्लिन बजारनजिकै सीमलधारामा

विराटनगर र सुदूरपश्चिमको खेल अझै भएन सुरु

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत शनिबारको दोस्रो खेल अझै

मधेसका आठ जिल्लामा सुरक्षित आवास कार्यक्रम विस्तारमा जोड

जनकपुरधाम– आर्थिक अवस्था कमजोर भएका तथा विपन्न समुदायको सुरक्षित आवासमा

लगातारको वर्षापछि खुल्यो मौसम

काठमाडौँ – लगातारको वर्षापछि शनिबार दिउँसोदेखि काठमाडौँ उपत्यकासहित देशका विभिन्न

हिमपात भएपछि मनाङमै रोकिए पर्यटक

मनाङ– बङ्गालको खाडीमा उत्पन्न अर्नब चक्रवातको प्रभावका कारण हिमाली क्षेत्रमा