भारतको उत्तराखण्डमा हिमपहिरो, ४१ जना कामदार बेपत्ता « Khabarhub

भारतको उत्तराखण्डमा हिमपहिरो, ४१ जना कामदार बेपत्ता


१६ फाल्गुन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


249
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारतको उत्तराखण्ड राज्यस्थित चमोलीको मानामा सडक निर्माणमा संलग्न ५७ जना कामदार हिमपहिरोमा फसेका छन् ।

भारतीय सञ्चारमाध्यमका अनुसार अहिलेसम्म १६ जना कामदारलाई उद्धार गरिएको छ । उद्धार गरिएका उनीहरूलाई अस्पताल भर्ना गरिएको छ । हिमपहिरोमा अझै पनि ४१ जना कामदार बेपत्ता छन् ।

शुक्रबार दिउँसो बद्रीनाथ धामअगाडि मानामा हिमनदी फुटेका कारण यो दुर्घटना भएको हो । त्यस स्थानमा सेनाको आवतजावतका लागि सडकबाट हिउँ हटाउने ५७ जना कामदारहरू खटिएका बेला घटना भएको बताइएको छ ।

अहिले सेनासँगै उद्धार टोलीहरू घटनास्थलमा पठाइएको छ । पानी र हिउँ परिरहेकोले उद्धारमा कठिनाई भएको छ । खराब मौसमका कारण हेलिकप्टरको प्रयोग गर्न पनि नसकिएको बताइएको छ ।

केन्द्रीय गृहमन्त्री अमित शाहले पनि घटनाबारे लेखेका छन्, ‘उत्तराखण्डको चमोलीमा हिमनदी फुटेको बारेमा मुख्यमन्त्री पुस्कर धामीसहित डीजी, आइटीबीपी र एनडीआरएफ डिजीसँग कुरा गरेँ । हाम्रो प्राथमिकता दुर्घटनामा फसेकालाई सुरक्षित निकाल्नु हो । स्थानीय प्रशासन पूर्ण तयारीसाथ उद्धारमा जुटेको छ । दुई एनडीआरएफ टोली पनि घटनास्थलमा पुग्दैछन् ।’

प्रकाशित मिति : १६ फाल्गुन २०८१, शुक्रबार  ५ : ४२ बजे

नियन्त्रणमा लिइएका पत्रकारलाई तत्काल रिहा गर्न प्रधानमन्त्री बालेनको कडा निर्देशन

काठमाडाैँ – विभिन्न सञ्चारमाध्यमका पत्रकारलाई पक्राउ गरिएको घटनाप्रति प्रधानमन्त्रीको कार्यालयले

पत्रकार धरपकड अलोकतान्त्रिक प्रवृत्ति हो: एमाले प्रचार विभाग प्रमुख आचार्य

काठमाडाैँ नेकपा (एमाले) का प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज

पत्रकार गिरफ्तार गर्नु सर्वसत्तावादी प्रवृत्तिको पराकाष्ठा हो: कांग्रेसका महामन्त्री पौडेल

काठमाडाैँ – समाचार संकलन तथा सूचना सार्वजनिक गरेकै भरमा प्रहरी

पत्रकारको धरपकडप्रति रास्वपाको गम्भीर ध्यानाकर्षण

काठमाडाैँ – विभिन्न सञ्चारमाध्यमका पत्रकार तथा सञ्चारकर्मीमाथि भइरहेका सोधपुछ, धरपकड