तोरणले जिते सूर्य नेपाल एनपीजीए टूर च्याम्पियनसिपको उपाधि | Khabarhub Khabarhub

तोरणले जिते सूर्य नेपाल एनपीजीए टूर च्याम्पियनसिपको उपाधि


१६ फाल्गुन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सूर्य नेपाल गल्फ टुर २०२४-२५ अन्तर्गत पाँचौँ प्रतियोगिता सूर्य नेपाल एनपिजिए टूर च्याम्पियनसिपको उपाधि तोरण विक्रम शाहीले जितेका छन् ।

५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित अत्यन्त रोमाञ्चक शैलीमा निरज तामाङलाई तोरणले एक स्ट्रोकले हराए । उनले १२ वर्षपछि घरेलु टूरमा उपाधि जितेका हुन् ।

यसअघि सन् २०१३ मा यही प्रतियोगिताको उपाधि जितेका थिए। उनले नगद १ लाख ५० हजार प्राप्त गरे । उनको करियरको यो तेस्रो उपाधि हो ।

च्याम्पियन तोरणले जतिकै ५-अन्डर ६७ स्कोर गरेका निरज समग्रमा १७-अन्डर २७१ सहित दोस्रो भए । उनले नगद १ लाख प्राप्त गरे ।

नेपाल नम्बर एक एमेच्योर गल्फर सद्भाव आचार्यले आज दिनकै उत्कृष्ट ७-अन्डर ६५ को स्कोर निकाले । समग्रमा १३-अन्डर २७५ सहित तेस्रो भए । यो स्कोरमा उनले एमेच्योरतर्फको उपाधि जिते। उनले राहुललाई ९ स्ट्रोकले हराए ।

समग्रमा ३-अन्डर ६९ स्कोर गर्दै समग्रमा ५-अन्डर २८३ सहित सञ्जय लामा चौथो भए । प्रो तर्फ तेस्रो हुँदै उनले ७५ हजार प्राप्त गरे। एमेच्योर राहुल समग्रमा पाँचौँ भए । राहुले आज २-ओभर ७४ स्कोर जोडे। समग्रमा ४-अन्डर २८४ को स्कोर निकाले । एमेच्योरतर्फ उनी दोस्रो भए ।

दिनेश प्रजापति समग्रमामा ३-अन्डर २८५ सहित छैटौँ भए। उनले आज इभन-पार ७२ को स्कोर गरे । प्रो तर्फ चौथो भएका उनले ६३ हजार हात पारे । नेपाल नम्बर एक भुवन नगरकोटीले आज ३-ओभर ७५ खेल्दै समग्रमा १-अन्डर २८७ स्कोर गर्दै सातौँ भए। प्रो तर्फ पाँचौँ हुँदा ५३ हजार आफ्नो नाममा लेखाए ।

जयराम श्रेष्ठले आज बिर्सन लायक ८-ओभर ८० को स्कोर गर्दा समग्रमा ३-ओभर २९१ सहित समग्रमा आठौँ भए। प्रो तर्फ उनी छैटौँ हुँदा ४६ हजार नगर पुरस्कार प्राप्त गरे । टंक बहादुर कार्की समग्रमा ४-ओभर २९२ सहित नवौं भए। प्रोतर्फ सातौँ हुँदै ४२ हाजर जिते । समग्रमा ८-ओभर २९६ स्कोर जोडेका रामे मगर र सूर्य प्रसाद शर्मा दसौँ भए। उनीहरू प्रो तर्फ आठौँ भएसँगै ३६ हजार ५ सय हात पारे । 

फाइनल दिनको खेल सुरुवात गर्दा तोरण निरज भन्दा एक स्ट्रोकले मात्र अगाडि थिए। जहाँ तोरणलाई निरजले कडा चुनौती दिए। फ्रन्ट नाइनमा तोरणले तेस्रो देखि पाँचौँ होलमा लगातार तीन बर्डी प्रहार गर्दै फ्रन्ट नाइन ३-अन्डर ३३ मा सकाए। निरजले चौथो र नवौं होलमा एक-एक सट बचाए। फ्रन्ट नाइन २-अन्डर ३४ मा पुरा गरे। फ्रन्ट नाइनको समाप्तीमा तोरण २ स्ट्रोकले अघि बढे ।

यसपछि तोरणले १०औं होलमा एक सट बचाएसँगै उनले ३ स्ट्रोकको अग्रता बनाए। ११औं होलमा दुवैले बर्डी प्रहार गरे। यसपछि निरजले १४औं र १५औं होलमा लगातार दुई बर्डीको सफलतामा अग्रता एक स्ट्रोकमा झार्दै तोरणलाई दबाब दिए। तर लगतै १६औं होलमा बोगी हाने र फेरि २ स्ट्रोकले पछि परे । १७औं होलमा बर्डी प्रहार गर्दै पुन: अग्रतालाई १ स्ट्रोकमा झार्दै १८औं होललाई समेत रोमाञ्चक बनाए । अन्तिम होलमा दुवैले पार खेले र तोरण १ स्ट्रोकको जितमा १२ वर्षपछि च्याम्पियन बने ।

प्रकाशित मिति : १६ फाल्गुन २०८१, शुक्रबार  ५ : ५६ बजे

विश्वकप छनोटमा इंग्ल्यान्डको जित

काठमाडौं – युरोपेली राष्ट्रको विश्व कप छनोट खेलको सोमबार राति

ओसकार विजेता फिल्मका निर्देशकमाथि कुटपिट

काठमाडौं – ओसकार विजेता चलचित्र ‘नो अदर ल्यान्ड’का सह निर्देशक

लौका बेचर राम्रो आम्दानी

इलाम – जिल्लाको चुलाचुली गाउँपालिका-२ की हिमादेवी भण्डारीले लौका बेचर

आजको मौसम सफा रहने पूर्वानुमान

काठमाडौं – हाल देशमा पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव

मन्त्रिपरिषद्ले बर्खास्त गर्दा चेपाङको घरमा बिजुली बाल्दै थिए कुलमान

हेटौंडा – सरकारले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई