संस्कृत भाषा हटाएपछि मौलिक संस्कृतिमाथि आक्रमण भयो : उपकुलपति नेपाल | Khabarhub Khabarhub

संस्कृत भाषा हटाएपछि मौलिक संस्कृतिमाथि आक्रमण भयो : उपकुलपति नेपाल


१६ फाल्गुन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा डा धनेश्वर नेपालले विद्यालय तहमा पढाइ हुने संस्कृत भाषा हटाएपछि मौलिक संस्कृतिमाथि आक्रमण सुरु भएको बताएका छन् ।

महाशिवरात्रिका अवसरमा पशुपति क्षेत्रमा आयोजित ‘वैदिक वाङ्मयमा भक्तिमार्ग’ विषयक अन्तर गुरुकूल विद्यालयस्तरीय विचार मन्थन प्रतियोगिताका विजयीलाई पुरस्कार एवं प्रमाण पत्र वितरण गर्दै उनले संस्कृतिको मूल संस्कृत भाषा भएको बताए । 

मूललाई नाश गरेपछि त्यसको शाखाका रूपमा रहेको मौलिक संस्कृतिमाथि पनि निरन्तर आक्रमण भइरहेको उपकुलपति नेपालले सुनाए । 

विश्वविद्यालयबाट उत्तरमध्यमा तह हटाएपछि विद्यार्थी कम हुन थालेको उल्लेख गर्दै उनले गुरुकुललाई प्रवर्द्धन गरेर जाने नीतिमा विश्वविद्यालय लागेको जानकारी गराए । 

संस्कृतभित्र रहेका प्राविधिक विषय आयुर्वेद, योग, प्राकृतिक चिकित्सा, वास्तु, कर्मकाण्डजस्ता विषयलाई प्रवर्द्धन गर्ने नीति रहेको जानकारी पनि कार्यक्रममा उनले गराए । 

प्रतियोगितामा संस्कृत माध्यमिक विद्यालय रानीपोखरीका विजय तिमल्सिना पहिलो, सोही विद्यालयका हेमन्त भट्ट दोस्रो, कान्तिभैरव गुरुकुल गोकर्णका नवीन रेग्मी तेस्रो, नैमिषारण्य गुरुकुल बनेपा, काभ्रेपलाञ्चोकका प्रणव ढुङ्गेल र जगद्गुरु गुरुकूल शङ्खमूलका आशीष रम्तेलले सान्त्वना पुरस्कार प्राप्त गरेका थिए । 

पहिलोलाई १० हजार रुपैयाँ, दोस्रोलाई सात हजार रुपैयाँ, तेस्रोलाई पाँच हजार रुपैयाँ र सान्त्वना स्थान प्राप्त गर्नेलाई तीन/तीन हजार रुपैयाँ नगदसहित प्रमाण पत्र प्रदान गरिएको थियो ।
 

प्रकाशित मिति : १६ फाल्गुन २०८१, शुक्रबार  ६ : ०६ बजे

पूर्वनिर्वाचन आयुक्त शर्माको निधन

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त एवं पूर्वपत्रकार इला शर्माको हृदयाघातका कारण

स्थानीय उत्पादन प्रवर्द्धन गर्दै टीकापुर नगरपालिका

कैलाली – टीकापुर नगरपालिका नगरप्रमुखको कार्यकक्षमा प्रवेश गर्नेबित्तिकै देखिन्छन्, चिटिक्क

नेपालसँगको सम्बन्धलाई चीनले प्राथमिकतामा राखेको छ : झलनाथ खानाल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का सम्मानित नेता एवं

अर्थतन्त्रका सूचकहरु सकारात्मक छन् : प्रधानमन्त्री

काठमाडौं – प्रधानमन्त्री केपी शर्माले गत वर्षको तुलनामा चालु आवमा

लोघेकर दामोदरकुण्डमा घरको मौलिकता जोगाउन तोकियो मापदण्ड

मुस्ताङ – मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिकाले परम्परागत घरको मौलिकता जोगाउने