दार्चुलामा सेनाका जवानले आफ्नै घरमा आगो लगाए « Khabarhub

दार्चुलामा सेनाका जवानले आफ्नै घरमा आगो लगाए


१६ फाल्गुन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.3k
Shares
  • change font
  • change font
  • change font

दार्चुला- दार्चुलामा नेपाली सेनामा कार्यरत एकजना जवानले आफ्नै घरमा आगो लगाएका छन् । सेनाका जवानले आगो लगाउँदा लाखौंको क्षति भएको छ ।

महाकाली नगरपालिका-३ बाँजका २८ वर्षीय गौरसिंह महराले बिहीबार (हिजो) राति आफ्नै घरमा आगो लगाएका हुन् ।

जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक छत्र बहादुर रावतका अनुसार आगो लगाउँदा ढुङ्गा र काठले बनेको ६ कोठे दुई तले घर जलेर नष्ट भएको छ ।

घरबिदामा आगो लगाएका ती सेनाका जवानको मानसिक अवस्था ठीक नरहेको दाबी स्थानीयबासीले गरेका छन् ।

आगोले जलेर गोठमा रहेका २ वटा गाई, ३ बाच्छा, ३ बाख्रा, एउटा बोका र २ कुकुरसहित ११ पशुचौपाया मरेका छन् ।

घटनाबारे शुक्रबार बिहान खबर आएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयबाट प्रहरी र सेनाको टोली घटनास्थलमा गएको प्रहरी निरीक्षक रावतले बताए ।

आगजनीमा संलग्न सेनाका जवान महरालाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १६ फाल्गुन २०८१, शुक्रबार  ७ : ४० बजे

महिला क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले दिए राजीनामा

काठमाडौं – नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले

सिन्धुलीकाे कमलामाई नगर क्षेत्रमा कर्फ्यू आदेश जारी

सिन्धुली – जिल्ला प्रशासन कार्यालय सिन्धुलीले कमलामाई नगरपालिका क्षेत्रमा अवस्था

५६ वर्षमा डिग्री गरेका सुजयराजको अनुभव : पढाउनेले झन् धेरै पढ्नु पर्छ

काठमाडौं– उमेरले होइन, इच्छाशक्तिले मानिसलाई सफलताको शिखरसम्म पुर्‍याउँछ । बुढ्यौली

दश घण्टापछि कुमार बेनको घरबाट बाहिरिए बालेन

ललितपुर– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ललितपुर तरेको १० घण्टापछि