दार्चुलामा सेनाका जवानले आफ्नै घरमा आगो लगाए « Khabarhub

दार्चुलामा सेनाका जवानले आफ्नै घरमा आगो लगाए


१६ फाल्गुन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.3k
Shares
  • change font
  • change font
  • change font

दार्चुला- दार्चुलामा नेपाली सेनामा कार्यरत एकजना जवानले आफ्नै घरमा आगो लगाएका छन् । सेनाका जवानले आगो लगाउँदा लाखौंको क्षति भएको छ ।

महाकाली नगरपालिका-३ बाँजका २८ वर्षीय गौरसिंह महराले बिहीबार (हिजो) राति आफ्नै घरमा आगो लगाएका हुन् ।

जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक छत्र बहादुर रावतका अनुसार आगो लगाउँदा ढुङ्गा र काठले बनेको ६ कोठे दुई तले घर जलेर नष्ट भएको छ ।

घरबिदामा आगो लगाएका ती सेनाका जवानको मानसिक अवस्था ठीक नरहेको दाबी स्थानीयबासीले गरेका छन् ।

आगोले जलेर गोठमा रहेका २ वटा गाई, ३ बाच्छा, ३ बाख्रा, एउटा बोका र २ कुकुरसहित ११ पशुचौपाया मरेका छन् ।

घटनाबारे शुक्रबार बिहान खबर आएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयबाट प्रहरी र सेनाको टोली घटनास्थलमा गएको प्रहरी निरीक्षक रावतले बताए ।

आगजनीमा संलग्न सेनाका जवान महरालाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १६ फाल्गुन २०८१, शुक्रबार  ७ : ४० बजे

रवि लामिछानेको फेसबुक ह्याक, सचिवालय भन्छ- पुनः सञ्चालनको प्रयास जारी छ

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको आधिकारिक

साउदीको ठूलो तेल प्रशोधन केन्द्रमा ड्रोन आक्रमण : भूउपग्रहबाट यस्तो देखियो क्षति

रियाद– साउदी अरबको पूर्वी सहर रास तनुरास्थित एक प्रमुख तेल

महाराजगन्ज र नैकापमा दुई गाडीमा आगजनी, दुर्गा प्रसाईं समूहको पर्चा भेटियो

काठमाडौँ– काठमाडौँका दुई छुट्टाछुट्टै स्थानमा रोकिराखेका सवारी साधनमा आगजनी भएको

दिवङ्गत अभिभावकका स्मृतिमा पाँच लाखको अक्षयकोष स्थापना

म्याग्दी– म्याग्दीको रघुगङ्गा गाउँपालिका–१ बेगको स्वास्थ्यचौकीमा एक दम्पतीले दिवङ्गत अभिभावकको

सवारी दुर्घटनामा एक युवकको मृत्यु, एक घाइते

रुपन्देही– रुपन्दहीको देवदहमा गएराति भएको सवारी दुर्घटनामा एक युवकको मृत्यु