पाथीभराबारे कांग्रेसको निष्कर्ष- ‘नो केबलकार’मा सहमति हुन सक्दैन « Khabarhub

पाथीभराबारे कांग्रेसको निष्कर्ष- ‘नो केबलकार’मा सहमति हुन सक्दैन


१६ फाल्गुन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


702
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रमुख सत्तारूढ नेपाली कांग्रेसले ताप्लेजुङको प्रसिद्ध धाम पाथीभरा मन्दिरसम्म जानका लागि निर्माणाधीन केबलकारबारे देखिएको विवाद वार्ताको माध्यमबाट समाधान गर्नुपर्ने निष्कर्ष निकालेको छ ।

शुक्रबार पार्टी सभापति शेरबहादुर देउवाको बूढानीलकण्ठस्थित निवासमा बसेको पदाधिकारीले बैठकले ‘नो केबलकार’ भन्ने कुरामा कांग्रेसको सैद्धान्तिक सहमति नरहेको निष्कर्ष निकालेको हो ।

तर अहिले देखिएको विवादलाई वार्ताका माध्यमबाट समाधान गर्नुपर्नेमा बैठकले जोड दिएको कांग्रेस प्रमुख सचेतक श्याम घिमिरेले जानकारी दिए।

कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरे

आन्दोलनकारी पक्षसँगको वार्ता निष्कर्षमा नपुगेसम्मलाई निर्माणकार्य स्थगित गर्ने सरकारको कदम स्वागतयोग्य रहेको पनि घिमिरेले बताएका छन् ।

त्यस्तै बैठकमा निर्वाचनसम्बन्धी विधेयक, राजनीतिक दलसम्बन्धी विधेयक र संसद्‍मा अड्किएका ६ वटा अध्यादेशका बिषयमा पनि छलफल भएको उनले बताएका छन्। विधेयक निर्माणको काम सुस्त देखिएकाले तीव्रता दिनेबारे पनि छलफल भएको घिमिरेले बताएका छन् ।

त्यस्तै आसन्न स्ववियु निर्वाचनमा पार्टीको भ्रातृसंस्था नेपाल विद्यार्थी संघलाई बलियो उपस्थिति गराउने बिषयमा पनि छलफल भएको घिमिरेले जानकारी दिएका छन् ।

प्रकाशित मिति : १६ फाल्गुन २०८१, शुक्रबार  ७ : ५५ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै