भौतिक संरचना निर्माणलाई तीव्र बनाइएको छ : मन्त्री दाहाल | Khabarhub Khabarhub

भौतिक संरचना निर्माणलाई तीव्र बनाइएको छ : मन्त्री दाहाल


१६ फाल्गुन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

त्रिशूली– भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले मुलुकमा पूर्वाधार विकास र भौतिक संरचना निर्माणलाई तीव्र बनाउँदै लगिएको बताएका छन् ।

विदुर नगरपालिका–४ र विदुर–१२ जोड्न सिमचउरामा निर्मित एक सय मिटर लम्बाइको पक्की पुल र विदुर–१ स्थित त्रिशूली बजारमा निर्मित ६० मिटर लम्बाइको पक्की पुलको आज आयोजित एक कार्यक्रमकाबीच उद्घाटन गर्दै उनले सरकारले जनता केन्द्रित पूर्वाधार विकासलाई प्राथमिकतामा राखेको उल्लेख गरे ।

वर्तमान सरकार गठन भएपछि लक्ष्यभन्दा बढी सडक विस्तार र पक्की पुल निर्माण गरिएको बताउँदै मन्त्री दाहालले यो गतिलाई अझै तीव्रता दिन सरकारले अधुरा योजना कार्यान्वयनको पक्षमा काम गरिरहेको उल्लेख गरे । 

उनले भूपरिवेष्टित मुलुक नेपालसँग सीमा जोडिएका देशसँग पहुँच विस्तार गर्न चारै दिशामा नाका सञ्चालन गराउने लक्ष्यसहित भौतिक पूर्वाधार विकास र संरचना निर्माणलाई तीव्रता दिइएको उल्लेख गरे। 

‘मन्त्रालयले छ महिनामा दुई सय २५ किमी सडक कालोपत्र गर्ने लक्ष्य लिएकामा दुई सय ७६ किमी सम्पन्न भइसकेको छ । सैँतीस वटा पक्की पुल निर्माण गर्ने लक्ष्यमा ४१ वटा सम्पन्न भएर गाडी गुड्न थालिसकेका छन्’, उनले भने, ‘भौतिक संरचनाको निर्माण र यसको प्रगति काम सम्पन्न नभई देखिँदैन, वर्तमान सरकारले पूर्वाधार विकासका क्षेत्रमा उल्लेख्य काम गरिरहेको छ । नतिजा पनि सोहीअनुसार आइरहेका छन् ।’

मन्त्री दाहालले सरकारले जनताको समृद्धिसँग विकासलाई जोडेर काम गरिरहेकाले भइरहेका कामकारबाहीलाई विश्वास गरी सहयोग र समन्वय गर्न सबैलाई आग्रह गरे । त्रिशूली नदीमा निर्माण गरिएको दुई पक्की पुलको उद्घाटन गर्दै उनले जनताको चाहना र सरकारको सामर्थ्यअनुसार भौतिक संरचना निर्माणमा सरकारले प्राथमिकता दिएको उल्लेख गरे । 
 
विदुर–४ र विदुर–१२ जोड्न सिमचउरामा निर्माण गरिएको दुई पक्की पुल जयविष्णु निर्माण सेवा प्रालिले तोकिएको अवधिभन्दा सात महिनाअगावै निर्माण सम्पन्न गरेको हो ।

निर्माण व्यवसायी अनिल सिलवालले तीस महिनामा पुल सम्पन्न गर्ने जिम्मा लिएकामा २३ महिनामा पूरा गरेर हस्तान्तरण गरे  । उक्त पुल निर्माण गर्ने व्यवसायीलाई पुल उद्घाटनका अवसरमा मन्त्री दाहालले प्रशंसापत्रसहित सम्मान गरेका थिए । पुल १० करोड ७३ लाख रुपैयाँमा निर्माण गरिएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्माले जानकारी दिए ।

यस्तै, त्रिशूली बजारमा निर्माण गरिएको पक्की पुल तोकिएको अवधिमा सम्पन्न भएसँगै आज मन्त्री दाहालबाट उद्घाटन गरिएको छ । उक्त पुल हिमडुङ एण्ड थोकर–गणेशकुण्ड जेभीले सात करोड ९१ लाख रुपैयाँमा निर्माण सम्पन्न गरेर सरकारलाई हस्तान्तरण गरेको हो । उक्त पुल तोकिएको अवधि पूरा हुनुभन्दा दुई दिन अगावै सम्पन्न भएको हो । 

भौतिक पूर्वाधार मन्त्रालयका सचिव शर्माले सङ्घीय सरकारमार्फत रेखदेख र संरक्षणको जिम्मेवारीमा रहेका विभिन्न ८० सडक र यसमा पर्ने पुलको निर्माणमा आर्थिक र प्राविधिक सहयोगमा काम भइरहेको जानकारी दिए ।
  
प्रतिनिधिसभाका सांसद विमला सुवेदीले नुवाकोटमा निर्माणाधीन तथा विस्तार भइरहेका गल्छी रसुवागढी सडक योजना, मध्यपहाडी (पुष्पलाल) लोकमार्ग, पासाङल्यामु राजमार्गमा समयमा काम सम्पन्न नहुँदा स्थानीयले सास्ती बेहोर्नुपरेको भन्दै कामलाई तीव्रता दिन मन्त्रीको ध्यानाकर्षण गराइन् ।
 

प्रकाशित मिति : १६ फाल्गुन २०८१, शुक्रबार  ७ : ५४ बजे

बालेनलाई शंकर पोखरेलको जवाफ : कार्यकारी अधिकृत किन जान मानेका छैनन् भन्नेमा ध्यान गएन

काठमाडौं – नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले काठमाडौं महानगर पालिका

उपल्लो मुस्ताङको उच्च लेकमा हिमपात

मुस्ताङ – उपल्लो मुस्ताङको उच्च लेकमा आज बिहानदेखि हिमपात भएको

सरकारले फागुन २२ गतेभित्र अध्यादेश निर्णयार्थ पेश गर्ने

काठमाडौं – सत्ता साझेदार दलको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकले संसदमा

डिजेल र मट्टीतेलको मूल्य घट्यो

काठमाडौं – नेपाल आयल निगमले डिजेल र मट्टीतेलको मूल्य घटाएको