शैक्षिक मेलामा ज्ञानोदयका विद्यार्थीद्वारा ‘स्केचिङ एण्ड स्कल्पचर’को प्रदर्शनी « Khabarhub

शैक्षिक मेलामा ज्ञानोदयका विद्यार्थीद्वारा ‘स्केचिङ एण्ड स्कल्पचर’को प्रदर्शनी


१६ फाल्गुन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


216
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – काठमाडौं महानगरपालिकाले आयोजना गरेको ‘शैक्षिक मेला’ को पहिलो दिन सामुदायिक विद्यालयमा सञ्चालन भइरहेको शुक्रबारे कार्यक्रम अन्तरगतका विभिन्न कार्यक्रमहरुको स्टल राखि प्रदर्शन गरिएको छ ।

राष्ट्रिय सभागृहमा जारी शैक्षिक मेलामा राखिएका विभिन्न स्टलमध्ये ज्ञानोदय माविले स्केचिङ एण्ड स्कल्पचरको प्रदर्शनी गरेका छ। उक्त प्रदर्शनीमा विद्यार्थीहरुले कार्यक्रम स्थलमा नै उपस्थित भइ सुरुदेखि अन्तिमसम्म प्रत्यक्ष चित्र कोरिरहेका भेटिन्थे । स्थल भित्र मात्र नभएर स्टल बाहिर पनि चित्रहरु बनाउन विद्यार्थीहरु व्यस्त थिए । उक्त कार्यक्रममा विद्यार्थीहरुले नै दिवा खाजा खुवाउने कार्यक्रम समेत चलाएका थिए ।

उक्त कार्यक्रममा कामपा उपमेयर सुनिता डंगोल सहितको टिमले प्रत्यक्ष अवलोकन गरेका थियो । शुक्रबारे कार्यक्रम अन्तर्गत महानगरका विद्यालयहरुबाट शुक्रबारे कार्यक्रमा १८०० भन्दा बढी विद्यार्थीहरु सहभागी भएको विद्यालयका प्रध्यानाध्यापक विष्णु घिमिरे रिमालले बताए ।

उक्त कार्यक्रममा फोकल शिक्षक, सेवा प्रदायक संस्था, विद्यार्थीहरु लगायतको उपस्थिति रहेको थियो । शिक्षामा सीपको कार्यक्रममा विद्यार्थीहरुले नयाँ कुरा सिकेको, व्यवहारमा परिवर्तन भएको र व्यवहारिक शिक्षाले विद्यार्थीहरुलाई आयआर्जन तर्फ लगिरहेकोले शुक्रबारे कार्यक्रम उत्साहजनक भएको विद्यालयका सहायक प्रधानाध्यापक विष्णु प्रसाद ज्ञवालीले बताए ।

प्रकाशित मिति : १६ फाल्गुन २०८१, शुक्रबार  ८ : ५१ बजे

गगन थापा मुलुकको नेतृत्व गर्न तयार : उपसभापति शर्मा

झापा – नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीका सभापति गगनकुमार

प्रधानमन्त्री कप क्रिकेटः बैतडीको शानदार सुरुआत

बैतडी – प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम छनोटमा

आगामी निर्वाचन देशको स्वाधीनताका लागि महत्त्वपूर्ण छ : उपाध्यक्ष थापा

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले

टी–२० विश्वकपमा भारतसँगकाे खेल बहिष्कार गर्ने पाकिस्तानको निर्णय

काठमाडौं – आईसीसी टी–२० विश्वकप २०२६ मा पाकिस्तानले भारतसँग हुने

बालेन भन्छन् : दिनेश सिटौलाको अभाव सधै खड्किनेछ

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाहले