शैक्षिक मेलामा ज्ञानोदयका विद्यार्थीद्वारा ‘स्केचिङ एण्ड स्कल्पचर’को प्रदर्शनी « Khabarhub

शैक्षिक मेलामा ज्ञानोदयका विद्यार्थीद्वारा ‘स्केचिङ एण्ड स्कल्पचर’को प्रदर्शनी


१६ फाल्गुन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


216
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – काठमाडौं महानगरपालिकाले आयोजना गरेको ‘शैक्षिक मेला’ को पहिलो दिन सामुदायिक विद्यालयमा सञ्चालन भइरहेको शुक्रबारे कार्यक्रम अन्तरगतका विभिन्न कार्यक्रमहरुको स्टल राखि प्रदर्शन गरिएको छ ।

राष्ट्रिय सभागृहमा जारी शैक्षिक मेलामा राखिएका विभिन्न स्टलमध्ये ज्ञानोदय माविले स्केचिङ एण्ड स्कल्पचरको प्रदर्शनी गरेका छ। उक्त प्रदर्शनीमा विद्यार्थीहरुले कार्यक्रम स्थलमा नै उपस्थित भइ सुरुदेखि अन्तिमसम्म प्रत्यक्ष चित्र कोरिरहेका भेटिन्थे । स्थल भित्र मात्र नभएर स्टल बाहिर पनि चित्रहरु बनाउन विद्यार्थीहरु व्यस्त थिए । उक्त कार्यक्रममा विद्यार्थीहरुले नै दिवा खाजा खुवाउने कार्यक्रम समेत चलाएका थिए ।

उक्त कार्यक्रममा कामपा उपमेयर सुनिता डंगोल सहितको टिमले प्रत्यक्ष अवलोकन गरेका थियो । शुक्रबारे कार्यक्रम अन्तर्गत महानगरका विद्यालयहरुबाट शुक्रबारे कार्यक्रमा १८०० भन्दा बढी विद्यार्थीहरु सहभागी भएको विद्यालयका प्रध्यानाध्यापक विष्णु घिमिरे रिमालले बताए ।

उक्त कार्यक्रममा फोकल शिक्षक, सेवा प्रदायक संस्था, विद्यार्थीहरु लगायतको उपस्थिति रहेको थियो । शिक्षामा सीपको कार्यक्रममा विद्यार्थीहरुले नयाँ कुरा सिकेको, व्यवहारमा परिवर्तन भएको र व्यवहारिक शिक्षाले विद्यार्थीहरुलाई आयआर्जन तर्फ लगिरहेकोले शुक्रबारे कार्यक्रम उत्साहजनक भएको विद्यालयका सहायक प्रधानाध्यापक विष्णु प्रसाद ज्ञवालीले बताए ।

प्रकाशित मिति : १६ फाल्गुन २०८१, शुक्रबार  ८ : ५१ बजे

हनुमानढोकाको दसैँघरमा भित्र्याइयो फूलपाती

काठमाडौं- प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने

टुँडिखेलमा सेनाको फूलपाती बढाइँ

काठमाडौं- नेपाली सेनाले फूलपातीका अवसरमा सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ

सभापति थापाले गरे पदभार ग्रहण

काठमाडौं- नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले पदभार ग्रहण गरेका

शङ्कास्पद अवस्थामा हर्कु राईको शव फेला, पाँच युवा प्रहरी नियन्त्रणमा

खोटाङ- खोटाङको हलेसी तुवाचुङ नगरपालिका–८ धितुङका ५२ वर्षीय हर्कु राईको

दाना–खुर्कोट प्रशारण लाइन मर्मत अन्तिम चरणमा

म्याग्दी- असोजको दोस्रो साता आएको बाढीपहिरो र कालीगण्डकी नदीको कटानले