समाजवादी मोर्चाले आज ७ स्थानबाट जुलुस निकाल्ने, भृकुटीमण्डपमा सभा « Khabarhub

समाजवादी मोर्चाले आज ७ स्थानबाट जुलुस निकाल्ने, भृकुटीमण्डपमा सभा


१५ चैत्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


402
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राजावादीहरू सक्रिय भए पछि समाजवादी मोर्चाले काउन्टर दिने गरी आज काठमाडौं केन्द्रित प्रदर्शन गर्दैछन् ।

जसअनुसार मोर्चामा संलग्न रहेका ४ दल मध्ये नेकपा माओवादी केन्द्रले ४ ठाउँबाट प्रदर्शन गर्दैछ भने माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी, नेत्रविक्रम चन्द नेतृत्वको नेकपा र महेन्द्रराय नेतृत्वको नेपाल समाजवादी पार्टीले एक एक ठाउँबाट प्रदर्शन गर्नेछन् ।

जसअनुसार माओवादी केन्द्रले बबरमहल, कुपण्डोल, त्रिपुरेश्वर, सोर्‍हखुट्टे जुलुस प्रदर्शन गर्नेछ भने एकीकृत समाजवादीले मैतिदेवी डिल्लीबजार हुँदै आउनेछ । उता, चन्द नेतृत्वको नेकपाले सुन्धाराबाट प्रदर्शन गर्नेछ भने नेसपाले न्युरोड गेटबाट प्रदर्शन गर्नेछन् ।

अपरान्ह १२ बजेबाट सुरू हुने जुलुस प्रदर्शनी मार्गमा पुगेर सभामा परिणत हुनेछ । तर, सो सभालाई कस कसले सम्बोधन गर्ने भन्ने अझै सार्वजानिक गरिएको छैन ।


 

प्रकाशित मिति : १५ चैत्र २०८१, शुक्रबार  ७ : ०३ बजे

नेपाली क्रिकेट टोलीलाई आईसीसी टी–२० विश्वकप खेल्न बिदाइ

काठमाडौं– आईसीसी टी–२० विश्वकप क्रिकेट खेल्न जाने नेपाली राष्ट्रिय क्रिकेट

‘गाजामा बालबालिकालाई पढाइ सुनिश्चित गर्न सहयोग बढाऊँ’

एजेन्सी – संयुक्त राष्ट्र र गाजामा काम गर्ने सहयोगी संस्थाहरूले

मानसिक सन्तुलन गुमाएका युवकले गरे आफ्नै आमाको हत्या

भक्तपुर– मानसिक सन्तुलन गुमाएका मध्यपुरथिमि नगरपालिका–३ तेर्चाटारका २७ वर्षीय प्रवीण

गाजामा बालबालिकाको शिक्षा सुनिश्चित गर्न सहयोग बढाऊँ : संयुक्त राष्ट्र

संयुक्त राष्ट्र- संयुक्त राष्ट्र र गाजामा काम गर्ने सहयोगी संस्थाहरूले

काठमाडौं नगर पञ्चायतका पूर्वप्रधानपञ्च महर्जनको निधन

काठमाडौं– तत्कालीन काठमाडौँ नगर पञ्चायतका पूर्व प्रधानपञ्च रिनेन्द्रमान सिंह महर्जनको