तीनकुनेमा स्थिति नियन्त्रणबाहिर गएपछि हवाई फायर « Khabarhub

तीनकुनेमा स्थिति नियन्त्रणबाहिर गएपछि हवाई फायर


१५ चैत्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


465
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राजावादीहरूको आन्दोलन नियन्त्रणबाहिर गएपछि प्रहरीले हवाई फायर गरेको छ ।

स्थिति नियन्त्रण बाहिर गएपछि प्रहरी बाध्य भएर हवाई फायर गरेको बताइएको छ ।

तीनकुनेमा भेला भएका प्रदर्शनकारीले व्यापारिक मल माथि ढुङ्गा मुढा गरेका छन् । यस्तै केही घरहरूमा आगजनी समेत गरेका छन् ।

स्थिति प्रहरीको नियन्त्रण बाहिर गएपछि प्रहरीले सुरुमा आगो निभाउन गएको दमकल प्रयोग गरेको थियो । दमकलमाथि पनि प्रदर्शनकारीले आगजनी गर्न खोजेका थिए ।

ढुङ्गा हानेपछि प्रहरीले अश्रुग्याँस प्रहार गरेको थियो । तर पनि प्रदर्शनकारीले शान्तिपूर्ण गतिविधि नगरेपछि हवाई फायर गरेको हो ।

प्रकाशित मिति : १५ चैत्र २०८१, शुक्रबार  ३ : ०३ बजे

पाकिस्तानमा विद्यालयको छत खस्दा २९ जनाको मृत्यु, ५० भन्दा बढी घाइते

पेसावर-  पाकिस्तानको पेसावरमा बिहीबार निजी विद्यालयको छत खस्दा २८ बालबालिका र

भोटेकोशी बाढी : दसैँ आयो, तर आमाबुवा आउनुभएन

बाँके – गाउँघरमा दसैँको चहलपहल बढेको छ । घरआँगन सरसफाइ

अफतावका छोरा फिरदोस कांग्रेस सहमहामन्त्रीमा विजयी

काठमाडौं– अफताव आलमका छोरा फिरदोस आलम नेपाली कांग्रेसको १५ औँ

पुनरुत्थान र पुनर्निर्माणमा सहयोग गर्न एडिबीलाई अर्थमन्त्रीको आग्रह

काठमाडौं– अर्थमन्त्री डा स्वर्णिम वाग्लेले नेपालले भोगेको प्राकृति विपत्तिपछिको पुनरुत्थान

अस्ट्रेलियाको बेरोजगारी दरमा वृद्धि, ४.७ प्रतिशत पुग्यो

क्यानबेरा– अस्ट्रेलियामा सेप्टेम्बर महिनामा बेरोजगारी दर बढेर ४.७ प्रतिशत पुगेको