कर्फ्यू लगाएपछि सेना निस्कियो सडकमा, कडा बनाइँदै सुरक्षा « Khabarhub

कर्फ्यू लगाएपछि सेना निस्कियो सडकमा, कडा बनाइँदै सुरक्षा


१४ चैत्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


717
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले राजावादीहरूका कारण तनावग्रस्त काठमाडौंको तीनकुने क्षेत्रमा सेना परिचालन गरेको छ ।

राजावादीको आन्दोलन हिंसात्मक बनेपछि तीनकुनेसहितका क्षेत्रमा सरकारले सेना खटाएको हो ।

यसअघि जिल्ला प्रशासन कार्यालयले तीनकुने, कोटेश्वर र सिनामंगल क्षेत्रमा कर्फ्यू लगाएको थियो । कर्फ्यू लगाइएपछि नेपाली सेना बख्तरबन्द गाडीसहित तीनकुने क्षेत्रमा देखिएको हो ।

स्थानीय प्रशासनले शुक्रवार अपराह्न ४ :२५ बजेदेखि राति १० बजेसम्मका लागि कर्फ्यू जारी गरेको छ ।

राजधानीका केही हिंसाग्रस्त क्षेत्रमा सेना परिचालनको आदेश भएसँगै प्रहरीलाई पनि आगजनी गर्नेमाथि गोली चलाउन अनुमति दिइएको छ।

प्रकाशित मिति : १४ चैत्र २०८१, शुक्रबार  ५ : ४२ बजे

दसैँका लागि कलंकीमा खसीबोका किनबेच सुरु, बजारमा चहलपहल

काठमाडौँ- बडादसैँ नजिकिएसँगै काठमाडौंको कलंकीमा खसी, बोका, भेडा, च्याङ्ग्रा तथा कुखुराको

महाअष्टमीमा मैतीदेवी मन्दिरमा भक्तजनको घुइँचो (तस्बिरहरू) 

काठमाडौँ- बडादसैँको आठौँ दिन महाअष्टमीका अवसरमा काठमाडौंको मैतीदेवी मन्दिरमा बिहानैदेखि दर्शनार्थीको

रुबियो भारत भ्रमणमा, ऊर्जा र व्यापार सहकार्य प्राथमिकतामा

वासिङ्टन– अमेरिकी विदेशमन्त्री मार्को रुबियो भारत र उज्बेकिस्तानको भ्रमणका लागि

चितवन कारागारका कैदीबन्दीमा छैन दसैँको उत्साह

चितवन- विगतका वर्षमा खेलकुद, सांस्कृतिक कार्यक्रम, नाचगान र सामूहिक भोज गरेर

जलजला बाढीपहिरो प्रभावितलाई प्रवासीबाट साढे सात लाखभन्दा बढी सहयोग

म्याग्दी- पछिल्लो मनसुनजन्य विपद्बाट प्रभावित पर्वतको जलजला गाउँपालिकालाई अस्ट्रेलियामा रहेका