राजा जोगाउन किनेको अश्रुग्यास राजावादीमाथि नै हानियो « Khabarhub

राजा जोगाउन किनेको अश्रुग्यास राजावादीमाथि नै हानियो


१५ चैत्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल प्रहरीले तत्कालीन राजा ज्ञानेन्द्र शाहको राजकाज जोगाउन खरिद भएको अश्रुग्यास राजावादीमाथि नै प्रहार गरेको भेट्टिएको छ ।

राजसंस्था पुनस्थापनाका लागि शुक्रबार काठमाडौंमा भएको प्रदर्शन अराजक बनेपछि नियन्त्रणमा लिनका लागि प्रहरीले प्रयोग गरेको अश्रुग्यास ज्ञानेन्द्र शाहले आफ्नो प्रत्यक्ष शासनकालमा खरिद गरेको पाइएको छ ।

प्रहरीले तीनकुनेमा हिंसात्मक बनेको राजावादीको प्रदर्शन नियन्त्रणमा लिन सन् २००८ मै म्याद समाप्त (डेट एक्सपायर) भएको अश्रुग्यास प्रहार गरेको हो ।

खबरहबलाई प्राप्त अश्रुग्यासको प्रयोग भइसकेको बट्टामा अश्रुग्यासको म्याद सन् २००८ फुब्रुअरीमा समाप्त भएको उल्लेख छ । अर्थात् प्रहरीले प्रयोग गरेको उक्त अश्रुग्यासको म्याद २०६४ फागुन १९ अगावै समाप्त भएको हो ।


नेपाल प्रहरीले बेलाबेला आफूलाई अश्रुग्यासको अभाव रहेको बताउँदै आएको छ । हुलदंगा नियन्त्रणका लागि अति आवश्यक मानिने अश्रुगयास खरिदमा सरकारले ध्यान नदिने गरेको तीनकुनेको अश्रुग्यासको प्रयोगले देखाएको छ ।

प्रकाशित मिति : १५ चैत्र २०८१, शुक्रबार  ६ : ५६ बजे

पासको दुरूपयोग गर्दै अन्य व्यक्तिहरू ओसारपसार नगर्न आयोगको अनुरोध

काठमाडौं – निर्वाचन आयोगले सवारी पासको दुरूपयोग गर्दै सम्बन्धित व्यक्तिबाहेक

सबै मतदान केन्द्रमा पुग्यो निर्वाचन सामग्री

चितवन । यही फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि

डोनाल्ड ट्रम्पले भने : इरान वार्ता चाहन्छ, तर ‘अब ढिलो भइसक्यो’

काठमाडौं – अमेरिका–इजरायल र इरानबीच जारी सैन्य द्वन्द्व आज चौथो

धरहराभित्र पार्किङस्थल व्यवस्थापनको जिम्मेवारी काठमाडौँ महानगरलाई

काठमाडौं – ऐतिहासिक धरहराभित्र भूमिगत तलामा रहेको पार्किङस्थल व्यवस्थापनको जिम्मेवारी

प्रसाईंसहित चार बन्दीको मुद्दामा कारण देखाउ आदेश

काठमाडौं – सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गाप्रसाद प्रसाईंसहित चारवटा बन्दीप्रत्यक्षीकरण