तीनकुनेबाट भागेका दुर्गा प्रसाईंलाई पक्राउ गर्न खोज्दै प्रहरी « Khabarhub

तीनकुनेबाट भागेका दुर्गा प्रसाईंलाई पक्राउ गर्न खोज्दै प्रहरी


१४ चैत्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राजावादी आन्दोलनका ‘जनकमान्डर’ दुर्गा प्रसाईंलाई प्रहरीले खोजिरहेको छ ।

काठमाडौंको तीनकुनेमा अराजक प्रदर्शन गर्न लगाएर उनी कार्यक्रमस्थलबाट सुटुक्क गाडी चढेर भागेका थिए ।

नेपाल प्रहरीका एकजना उच्च अधिकारीका अनुसार अहिले प्रहरीको टोली उनको घर भक्तपुर पुगिसकेको छ ।

‘माथिबाट आदेश आएको छ । हामी खोजीमा छौँ’ प्रहरीका ती अधिकारीले खबरहबलाई भने, ‘गृह मन्त्रालयले नै उहाँको गतिविधि ठिक भएन भनेर आदेश दिएको छ ।’

प्रसाईं अहिले कहाँ छन् भन्नेबारे कसैलाई जानकारी छैन । शुक्रबार राजावादीको आन्दोलनमा दुई जनाको मृत्यु भइसकेको छ ।

गृह मन्त्रालयमा सहसचिव छवि रिजालले पनि पत्रकार सम्मेलन गरेर दुर्गाको गतिविधि क्षमा दिनलायक नभएको बताएका थिए ।

राजावादीको हिंस्रक प्रदर्शनपछि गृहमा केन्द्रीय सुरक्षा समितिको आकस्मिक बैठक पनि बसेको थियो अहिले मन्त्रिपरिषद् बैठक बस्दै छ ।

यसैबीच प्रसाईंले आफूलाई प्रहरीले पक्राउ गर्न लागेको सूचना आएको बताएका छन् । उनले आन्दोलनमा सरकारले एकजना युवाको हत्या गरेको जिकिर गरेका छन् ।

उनले कीर्तिपुरका २९ वर्षीय सबिन महर्जनप्रति श्रद्धाञ्जली दिएका छन् । तर प्रसाईंले राजावादीले आगो लगाउँदा जलेका पत्रकार सुरेश रजकबारे केही बोलेका छैनन् ।

‘साथीहरू भर्खरै मलाई पक्राउ गर्नेबारेको सूचना प्राप्त भएको छ । हामी बैदिक विधिपूर्वक पूजा अर्चना गरेर आमाको आशिर्वाद लिएर शान्तिपूर्ण रुपमा कार्यक्रमस्थल पुग्दा अश्रु ग्यास प्रहार भइरहेको थियो, त्यो देखेपछि कुन नेपालीको रगत न उम्लदो हो ?’, उनले भनेका छन्, ‘हामी तोडफोड गर्न, आगजनी गर्न, प्रहरी कुट्न गएका थिएनौँ, शान्तिपूर्ण रुपमा सभा, आन्दोलन र घोषणा सभामा सहभागी हुन गएका थियौँ ।’

उनले राज्यबाटै दमन भएको आरोप लगाएका छन् । ‘जुन अप्रिय अवस्था बन्यो, त्यो सबै सरकारको दमनको कारण भएको हो, त्यसको क्षतिपूर्ति सरकारले व्यहोर्नु पर्नेछ’, उनले भनेका छन्, ‘मलाई पक्राउ गर्न प्रहरी आइरहन पर्दैन, जहाँ बोलाउछौँ, त्यहीँ आउँछु । अब म थुनिएर आन्दोलन रोकिँदैन । दुर्गा अब व्यक्ति होइन, विचार हो, अभियान हो ।’

प्रकाशित मिति : १४ चैत्र २०८१, शुक्रबार  ७ : १७ बजे

कांग्रेसको छवि सुधार्न प्रयत्नशील छौँ : महामन्त्री पौडेल

दमौली- नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीको छवि सुधार्न आफूहरू प्रयत्नशील

कांग्रेस नवनिर्वाचित केन्द्रीय पदाधिकारी तथा सदस्यकोशपथ बिहीबार

ललितपुर– नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय पदाधिकारी तथा सदस्यको शपथ

कुहिरोको घुम्टोभित्र हराएको मानुङकोट, बढ्न थाल्यो आन्तरिक पर्यटकको चहलपहल

दमौली– बिहानको झिसमिसे उज्यालोसँगै मानुङकोटको डाँडाबाट तल हेर्दा दमौली बजार कुहिरोको

शुक्रबारसम्म देशका विभिन्न भू-भागमा मौसम बदली हुने, वर्षा र हिमपातको सम्भावना

काठमाडौं– नेपाल मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आगामी पाँच

मन्त्रीलाई भेट्न जनता आउने हैन, जनता भेट्न मन्त्री जानुपर्छ : भूमिमन्त्री

चितवन– भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा