तीनकुनेबाट भागेका दुर्गा प्रसाईंलाई पक्राउ गर्न खोज्दै प्रहरी « Khabarhub

तीनकुनेबाट भागेका दुर्गा प्रसाईंलाई पक्राउ गर्न खोज्दै प्रहरी


१५ चैत्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राजावादी आन्दोलनका ‘जनकमान्डर’ दुर्गा प्रसाईंलाई प्रहरीले खोजिरहेको छ ।

काठमाडौंको तीनकुनेमा अराजक प्रदर्शन गर्न लगाएर उनी कार्यक्रमस्थलबाट सुटुक्क गाडी चढेर भागेका थिए ।

नेपाल प्रहरीका एकजना उच्च अधिकारीका अनुसार अहिले प्रहरीको टोली उनको घर भक्तपुर पुगिसकेको छ ।

‘माथिबाट आदेश आएको छ । हामी खोजीमा छौँ’ प्रहरीका ती अधिकारीले खबरहबलाई भने, ‘गृह मन्त्रालयले नै उहाँको गतिविधि ठिक भएन भनेर आदेश दिएको छ ।’

प्रसाईं अहिले कहाँ छन् भन्नेबारे कसैलाई जानकारी छैन । शुक्रबार राजावादीको आन्दोलनमा दुई जनाको मृत्यु भइसकेको छ ।

गृह मन्त्रालयमा सहसचिव छवि रिजालले पनि पत्रकार सम्मेलन गरेर दुर्गाको गतिविधि क्षमा दिनलायक नभएको बताएका थिए ।

राजावादीको हिंस्रक प्रदर्शनपछि गृहमा केन्द्रीय सुरक्षा समितिको आकस्मिक बैठक पनि बसेको थियो अहिले मन्त्रिपरिषद् बैठक बस्दै छ ।

यसैबीच प्रसाईंले आफूलाई प्रहरीले पक्राउ गर्न लागेको सूचना आएको बताएका छन् । उनले आन्दोलनमा सरकारले एकजना युवाको हत्या गरेको जिकिर गरेका छन् ।

उनले कीर्तिपुरका २९ वर्षीय सबिन महर्जनप्रति श्रद्धाञ्जली दिएका छन् । तर प्रसाईंले राजावादीले आगो लगाउँदा जलेका पत्रकार सुरेश रजकबारे केही बोलेका छैनन् ।

‘साथीहरू भर्खरै मलाई पक्राउ गर्नेबारेको सूचना प्राप्त भएको छ । हामी बैदिक विधिपूर्वक पूजा अर्चना गरेर आमाको आशिर्वाद लिएर शान्तिपूर्ण रुपमा कार्यक्रमस्थल पुग्दा अश्रु ग्यास प्रहार भइरहेको थियो, त्यो देखेपछि कुन नेपालीको रगत न उम्लदो हो ?’, उनले भनेका छन्, ‘हामी तोडफोड गर्न, आगजनी गर्न, प्रहरी कुट्न गएका थिएनौँ, शान्तिपूर्ण रुपमा सभा, आन्दोलन र घोषणा सभामा सहभागी हुन गएका थियौँ ।’

उनले राज्यबाटै दमन भएको आरोप लगाएका छन् । ‘जुन अप्रिय अवस्था बन्यो, त्यो सबै सरकारको दमनको कारण भएको हो, त्यसको क्षतिपूर्ति सरकारले व्यहोर्नु पर्नेछ’, उनले भनेका छन्, ‘मलाई पक्राउ गर्न प्रहरी आइरहन पर्दैन, जहाँ बोलाउछौँ, त्यहीँ आउँछु । अब म थुनिएर आन्दोलन रोकिँदैन । दुर्गा अब व्यक्ति होइन, विचार हो, अभियान हो ।’

प्रकाशित मिति : १५ चैत्र २०८१, शुक्रबार  ७ : १७ बजे

कांग्रेसलाई फुट्नबाट जोगाउन देउवासमक्ष नैनसिंह महरका तीन प्रस्ताव

काठमाडौं– नेपाली कांग्रेसमा चर्किएको आन्तरिक विवाद मिलाउन युवा नेता नैनसिंह

अमेरिकी ‘आर्थिक दबाब अभियान’ मा सहभागी नहुन इरानको चेतावनी

तेहरान- इरानका एक वरिष्ठ सुरक्षा अधिकारीले छिमेकी तथा अन्य मुलुकहरूलाई

म्याग्दीमा चार किलोमिटर पदमार्ग निर्माण

म्याग्दी- एकिकृत सेवा कार्यालय म्याग्दीमार्फत आर्थिक वर्ष २०८२/८३ मा सञ्चालन

एआई अभियानका लागि अलिबाबाले १० अर्ब डलरको शेयर निष्कासन गर्ने

हङकङ– चिनियाँ प्रविधि कम्पनी अलिबाबाले कृत्रिम बुद्धिमत्ता (एआई) क्षेत्रमा लगानी

अमेरिकाबाटै कलाकारिता गर्दै धुर्मुस–सुन्तली, सिरियल ‘म त मर्छु कि क्या हो’ ल्याउने

काठमाडौं – जनताबाट रकम उठाएर चितवनमा रंगशाला बनाउने क्रममा ऋणमा