समाजवादी प्रेस संगठनद्वारा पत्रकार सुरक्षाको प्रबन्ध गर्न माग « Khabarhub

समाजवादी प्रेस संगठनद्वारा पत्रकार सुरक्षाको प्रबन्ध गर्न माग


१५ चैत्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – समाजवादी प्रेस संगठनले पत्रकार सुरक्षाको प्रभावकारी प्रबन्ध गर्न माग गरेको छ । संगठनले एक विज्ञप्ती जारी गर्दै शान्तिपूर्ण प्रदर्शनका नाममा विभिन्न सञ्चारगृह, सर्वसाधारण नागरिकका घर, व्यवसायिक भवन, राजनीतिक दलका कार्यालय, सरकारी भवनमा गरिएको आगजनी, आक्रमण, लुटपाटको पनि निन्दा गरेको छ ।

संगठनका महासचिव रोहित दाहालले हस्ताक्षर गरेको विज्ञप्तीमा अराजक र उद्दण्ड समूहले समाचार संम्प्रेषणका लागि फिल्डमा खटिएका कतिपय पत्रकारलाई आक्रमण गरी घाइते बनाएको उल्लेख गरिएको छ ।

तीनकुनेमा नागरिकको घरमा गरेको आगजनीमा परी रिपोर्टिङको क्रममा एभिन्यूज टेलिभिजनमा कार्यरत फोटो पत्रकार सुरेज रजकको निधन भएको घटनामा सिङ्गो संगठन मर्माहत भएको संगठनले बताएको छ ।

विज्ञप्तीमा भनिएको छ, ‘प्रेस स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रता र लोकतन्त्रका मूल्य मान्यता विपरित कुनै पनि हर्कत हाम्रो संगठनलाई सह्य हुने छैन । यस्ता हर्कत गर्ने जोकोहीलाई पनि कडाभन्दा कडा कारवाही गर्न र पत्रकारको सुरक्षाका लागि प्रभावकारी प्रबन्ध गर्न हाम्रो संगठन सरकारसँग जोडदार माग गर्दछ ।’

प्रकाशित मिति : १५ चैत्र २०८१, शुक्रबार  ९ : १३ बजे

नेकपाले युवा नेता अशेषलाई दियो झापा १ मा प्रतिनिधि सभाको टिकट

झापा- पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेपाली कम्युनिस्ट पार्टीले झापा क्षेत्र

कांग्रेसमा फुटसँगै पूर्वमन्त्री कनौडिया एमालेतिर, ओलीले दिए प्रतिनिधि सभाको टिकट

काठमाडौं- नेपाली कांग्रेसका नेता वीरेन्द्रकुमार कनौडिया शनिबार नेकपा एमालेमा प्रवेश

विश्वप्रकाश शर्मा उम्मेदवार नबन्ने भएपछि झापा-१ मा नयाँ नाम सिफारिस

झापा– नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा

मेयर बालेन र उपमेयर सुनिताले गरे वडा प्रशासनिक भवनको शिलान्यास

काठमाडौं– काठमाडौं महानगरपालिकाको वडा नम्बर ३२ को वडा प्रशासकीय भवनको

यी हुन् नेकपाले सुदूरपश्चिमबाट मैदानमा उतार्न लागेका उम्मेदवार

धनगढी– पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले धमाधम उम्मेदवार