संचारकर्मीको ज्यानै जाने हमला हुनु घोर आपत्तिजनक : महासंघ | Khabarhub Khabarhub

संचारकर्मीको ज्यानै जाने हमला हुनु घोर आपत्तिजनक : महासंघ


१५ चैत्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल पत्रकार महासंघले राजसंस्थाको पुनस्थापनाको माग राख्दै भएको भनिएको आन्दोलनमा पत्रकारमाथि भएको आक्रमणप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

महासंघले शुत्रबार साँझ एक विज्ञप्ती जारी गर्दै अराजक समुहले आज गरेको आगजनीको समाचार संकलनको क्रममा एक संचारकर्मीको जलेर मृत्यु भएको घटनाले महासंघ स्तब्ध भएको जनाएको हो ।

‘राजसंस्थाको पुनस्थापनाको माग राख्दै भएको भनिएको आन्दोलनमा सहभागी अराजक समुहले आज गरेको आगजनीको समाचार संकलनको क्रममा एक संचारकर्मीको जलेर मृत्यु भएको, विभिन्न संचार गृहको भवनमा आगो लगाउने, हुलहुज्जत गरेर भवनभित्र प्रवेश गर्न नपाएपछि ढुंगा हान्ने, सवारी साधन तोडफोड गर्ने र संचारकर्मीलाई आतंकित तुल्याउने कार्य गरेकोमा नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको छ’ विज्ञप्तीमा उल्लेख छ ।

उक्त अराजक समुहले आगो लगाएको भवनको समाचार संकलनको क्रममा जलेर एभिन्युज टेलिभिजनका पत्रकार सुरेश रजकको मृत्यु भएको छ । काठमाडौस्थित तीनकुनेमा रहेको अन्नपूर्ण मिडिया ग्रुपको भवनमा तोडफोड र आगजनी गरी क्षति पुयाएको छ भने कान्तिपुर टेलिभिजनको भवनमा जबरजस्ती प्रवेश गर्न खोज्दा सुरक्षाकर्मीले रोकेपछि ढुंगामुढा गरी समाचार कक्षसम्म आतंक सिर्जना गरिएको छ । यस्तै हिमालयन टेलिभिजनको सवारी साधन तोडफोड गर्ने कार्य भएको जानकारी प्राप्त भएको महासंघले जनाएको छ ।

जनतालाई सुसूचित गराउने र विचार निर्माणमा सघाउने प्रेसजस्तो भरपर्दो सञ्चारसंस्थाहरू र संचारकर्मीको ज्यानै जाने गरी यस प्रकारको हमला हुनु घोर आपत्तिजनक, निन्दनीय र भर्त्सनायोग्य कार्य भएको महासंघको ठहर छ ।

महासंघले भनेको छ, ‘शान्तिपूर्ण प्रदर्शन गर्ने संवैधानिक अधिकारको महासंघ सदैव सम्मान गर्दछ । तर, आन्दोलनको नाममा संचारकर्मीको ज्यानै जाने, प्रेसलाई आतंकित र त्रसित बनाउने कार्य किमार्थ स्वीकार गर्दैन । यस्ता हर्कतमा संलग्न जो कोही भए पनि तत्काल कानुनी कठघरामा उभ्याउन महासंघ सरकारसंग जोडदार माग गर्दछ । साथै क्षति पुयाइएका सञ्चारमाध्यमलाई क्षतिपूर्ति दिन संचार गृह र सञ्चारकर्मीको सुरक्षामा गम्भीर हुन आग्ह गर्दछ ।’

प्रकाशित मिति : १५ चैत्र २०८१, शुक्रबार  ९ : २५ बजे

संवैधानिक परिषद् विधेयक सर्वसम्मत पारित

काठमाडौं– प्रतिनिधिसभाले संवैधानिक परिषद् विधेयक पारित गरेको छ । संघीय

ममाथि षड्यन्त्र भयो, बाँकी कुरा शनिबार भन्छु : रवि लामिछाने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकारले आफूमाथि षड्यन्त्र

राजावादीको प्रदर्शनका घाइते १३ जनाको उपचार जारी, ११५ जना डिस्चार्ज

काठमाडौं- राजावादीको प्रदर्शनका क्रममा गत शुक्रबार काठमाडौँको तीनकुने क्षेत्रमा भएको

सरकारले जिउँदै छोडेको छ, यही मेरो जित हो; लुटतन्त्र टुलुटुलु हेरेर बस्दिनँ : रवि लामिछाने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दुई तिहाइको सरकाले

प्याब्सनको तीन वर्षे कार्ययोजना सार्वजनिक

काठमाडौँ– निजी तथा आवासीय विद्यालय सङ्गठन नेपाल प्याब्सनले तीन वर्षका