लुटपाट गर्ने, हिंसा र आतङ्क फैलाउन कार्य आपत्तिजनक : महासचिव भुसाल « Khabarhub

लुटपाट गर्ने, हिंसा र आतङ्क फैलाउन कार्य आपत्तिजनक : महासचिव भुसाल


१५ चैत्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले राजावादीहरूले शान्तिपूर्ण प्रदर्शनका नाममा सर्वसाधारण नागरिकका घर, व्यावसायिक भवन, सञ्चार गृह, राजनीतिक दलका कार्यालयमा गरेको तोडफोड तथा आगजनीको निन्दा गरेको छ ।

यहाँ आज आयोजित पत्रकार सम्मलेनमा पार्टीका महासचिव घनश्याम भुसालले अराजक समूहले सरकारी भवनमाथि आगजनी गर्ने, लुटपाट गर्ने, हिंसा र आतङ्क फैलाउन गरेको कार्य आपत्तिजनक रहेको बताए ।

पुनर्उत्थानवादी समूहले आफ्नो केन्द्रीय तथा काठमाडौँ जिल्ला कार्यालयमा आक्रमण गरी तोडफोड र आगजनी गरेको भन्दै उहाँले आफ्नो पार्टी कार्यालयभित्र उनीहरू प्रवेश गरी भवनका सिसा, फर्निचर तोडफोड गरी महत्त्वपूर्ण कागजात जलाएको जानकारी दिए ।

पार्टीको सुरक्षाका लागि सम्बन्धित सुरक्षा निकायलाई बिहानदेखि खबर गर्दा पनि उनीहरू त्यस विषयमा संवेदनशील नभएकाले घटना हुन पुगेकामा उनले दुःख व्यक्तगरे ।

महासचिव भुसालले मुलुकको लोकतान्त्रिक प्रणाली बिथोलेर अराजकतातिर धकेल्ने आपराधिक क्रियाकलापविरुद्ध सबै परिवर्तन पक्षधर एकजुट हुनुपर्नेमा जोड दिए ।

प्रकाशित मिति : १५ चैत्र २०८१, शुक्रबार  ९ : ३६ बजे

ढोरपाटनमा नाउर र झारलको गणना गरिँदै

बागलुङ– नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटन सिकार आरक्षमा नाउर र

दसैँ महँगिँदा खसी बजारमा चहलपहल कम (तस्बिरहरू)

काठमाडौं– दसैँ नजिकिएसँगै खसी बजारमा किनमेल गर्नेको चहलपहल बढ्ने गरे

पोखरा–दुबई उडान : वर्षदिनको टिकट बुकिङ खुला

गण्डकी– फ्लाई दुबईले यही असोज ७ गतेदेखि सुरु गरेको दुबई–पोखरा–दुबई

कांग्रेस महाधिवेशन : चार प्रदेशका केन्द्रीय सदस्यको मतगणना आजदेखि

काठमाडौं – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत चार प्रदेशबाट केन्द्रीय सदस्य

प्रधानमन्त्री शाहले गरे पलाञ्चोक भगवतीको दर्शन

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकास्थित पलाञ्चोक भगवतीको पूजा