तीनकुने क्षेत्रको कर्फ्यू भोलि बिहान ७ बजेसम्मलाई लम्बियो « Khabarhub

तीनकुने क्षेत्रको कर्फ्यू भोलि बिहान ७ बजेसम्मलाई लम्बियो


१५ चैत्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


624
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – काठमाडौंको तीनकुनेसहितका क्षेत्रमा लगाइएको कर्फ्यूको समय थप गरिएको छ ।

काठमाडौं जिल्ला प्रशासनले एक सूचना जारी गर्दै भोलि (शनिबार) बिहान ७ बजेसम्मलाई कर्फ्यू थप गरिएको जनाएको हो ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले कर्फ्यू जारी गरिएको क्षेत्रमा भेला, जुलुस, प्रदर्शन, घेराउजस्ता गतिविधि गर्न निषेध गरिएको जानकारी दिए ।

यसअघि शुक्रबार अपराह्न ४ः२५ बजेदेखि राति १० बजेसम्मका लागि कर्फ्यू जारी गरिएको थियो ।

जिल्ला प्रशासन कार्यालयले तीनकुने, कोटेश्वर र सिनामंगल क्षेत्रमा कर्फ्यू जारी रहने जनाएको छ । कर्फ्यू लगाइएपछि नेपाली सेना बख्तरबन्द गाडीसहित तीनकुने क्षेत्रमा निस्किएको थियो ।

राजधानीका केही हिंसाग्रस्त क्षेत्रमा सेना परिचालनको आदेश भएसँगै प्रहरीलाई पनि आगजनी गर्नेमाथि गोली चलाउन सरकारले अनुमति दिएको छ।

प्रकाशित मिति : १५ चैत्र २०८१, शुक्रबार  १० : २० बजे

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौँ – आज २०८२ साल चैत २७ गते शुक्रबार वैशाख

आज २०८२ साल चैत २७ गते शुक्रबारको राशिफल

काठमाडौँ – आज २०८२ साल चैत २७ गते शुक्रबार वैशाख

खाना पकाउने ग्यास, डिजेल र पेट्रोलको मूल्यमा भारी वृद्धि

काठमाडौँ । नेपाल आयल निगमले खाना पकाउने ग्याससहित पेट्रोलियम पदार्थको

रूपन्देहीमा भएको सवारी दुर्घटनामा परी पूर्ववडा अध्यक्षको मृत्यु

रूपन्देही- रूपन्देहीको सिद्धार्थनगर नगरपालिका–१० मा बिहीबार साँझ भएको सवारी दुर्घटनामा