नेपाली क्रिकेट टोलीको प्रमुख प्रशिक्षकमा स्टुअर्ट ल « Khabarhub

नेपाली क्रिकेट टोलीको प्रमुख प्रशिक्षकमा स्टुअर्ट ल


१५ चैत्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


393
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली क्रिकेट टोलीको प्रमुख प्रशिक्षकमा चर्चित अस्ट्रेलियन क्रिकेटर स्टुअर्ट ल नियुक्त भएका छन् ।

नेपाल क्रिकेट संघले शुक्रबार एक विज्ञप्ति निकाल्दै यसबारे जानकारी दिएको हो । क्यानले स्टुअर्ट ललाई आगामी दुई वर्षको लागि नेपाली क्रिकेट टोलीको प्रशिक्षकमा नियुक्त गरेको जनाएको छ।

क्यानका अनुसार, प्रमुख प्रशिक्षक पदका लागि विश्वभरबाट ७० जनाले आवेदन दिएका थिए। ती आवेदनहरू मध्येबाट उत्कृष्ट १० जनाको नाम सर्टलिस्ट गरिएको थियो । क्यानले ती १० जनामध्येबाट अन्तर्वार्ता लिई स्टुअर्टलाई छनोट गरेको हो।

नयाँ प्रशिक्षकको छनोट प्रक्रियामा अघिल्लो कार्यकालका केही प्रशिक्षकहरूले समेत पुनस् आवेदन दिएका थिए । मोन्टी देसाई बिदा भएपछि अब नेपाली टोली सम्हाल्न चर्चित अस्ट्रेलियन क्रिकेटर आउने भएका हुन् ।

प्रकाशित मिति : १५ चैत्र २०८१, शुक्रबार  १० : २२ बजे

सुधनलाई रवि किरणको जवाफ : भदौ २७ जेन-जीले हारेको दिन, देश जलाउनेहरूले सत्ता कब्जा गरेको दिन

काठमाडौं- नेपालमा भएको जेन-जी आन्दोलनसँग जोडिएका दुई प्रमुख अगुवा सुधन

माछापालन व्यवसायबाट वार्षिक १५ लाख बचत

धनगढी– कैलालीको कैलारी गाउँपालिका-४ का किसान हेमन्त खरेलले ११ वर्षदेखि

इन्द्रजात्राका लागि सजाइँदै वसन्तपुर क्षेत्र (तस्बिरहरू)

काठमाडौं– आउँदो इन्द्रजात्रालाई लक्षित गर्दै वसन्तपुरस्थित गद्दी बैठकमा रंगरोगन गर्ने

मोदीले आयोजना गरेको डिनर पार्टीमा किन गएनन् सी चिनफिङ ?

काठमाडौं– चिनियाँ राष्ट्रपति सी चिनफिङ भारतको नयाँ दिल्लीमा आयोजित ब्रिक्स