सरकारद्वारा तीनकुने घटनाको भर्त्सना, छानबिन गरी कारबाही गर्ने निर्णय « Khabarhub

सरकारद्वारा तीनकुने घटनाको भर्त्सना, छानबिन गरी कारबाही गर्ने निर्णय


१५ चैत्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


561
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सरकारले राजवादीहरुको समुहले काठमाडौंको तीनकुने आसपासका क्षेत्रमा गरेको अराजक गतिविधिको घोर भत्र्सना गरेको छ ।

शुक्रबार राति बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले उक्त घटनाको सम्बन्धमा सत्यतथ्य छानबिन गरि आवश्यक कारबाही अघि बढाउन गृहमन्त्रालयलाई निर्देशन समेत दिएको छ ।

साथै आजको घटनामा घाइते भएकाहरूको उपचार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जिम्मा लिने निर्णय गरेको सरकार प्रवक्ता पृथ्वी सुब्बा गुरुङले जानकारी दिए । अन्य विषयमा गृह मन्त्रालयले सोधपुछ गरेर आवश्यक कदम अगाडि बढाउने निर्णय गरेको गुरुङले बताए ।

मन्त्रिपरिषद्को बैठकपछि प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकले चार वटै सुरक्षा निकायका प्रमुखसँग छलफल गरिरहेको छ । उनीहरुबीच आगामी योजनाको विषयमा छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालय स्रोतले जनाएको छ।

याे पनि…

तीनकुनेको तमासा : ज्ञानेन्द्र शाह, नवराज सुवेदी र दुर्गा प्रसाईसँग जवाफ छ ?

प्रकाशित मिति : १५ चैत्र २०८१, शुक्रबार  ११ : १५ बजे

भोलि खुलामञ्चमै कांग्रेस केन्द्रीय समिति बैठक

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सोमबार बिहान १०

रक्षा बमको कटाक्ष : धन्न जेनजीहरूले रगत बगाइदिए, प्रधानमन्त्री हुन पाए

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को टिप्पणीप्रति जेनजी अभियन्ता रक्षा

बालेनलाई सचिनको जवाफ : ‘धन्न कांग्रेसले लोकतन्त्र स्थापना गरेछ, टिप्पणी गर्न पाएका छन्’

काठमाडाैं – नेपाली कांग्रेसका युवा नेता सचिन तिमिल्सिनाले प्रधानमन्त्री बालेन्द्र

यस्तो छ कांग्रेसको निर्वाचन कार्यक्रम, मनोनयन दर्ता मंगलबार

काठमाडौं । नेपाली कांग्रेसले निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ  ।

गगनको अभिव्यक्तिपछि बालेनले भने : ‘धन्न खुलामञ्च राम्रो बनाइएछ’

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले नेपाली कांग्रेसको १५औँ महाधिवेशन