दुर्गा प्रसाईं मोबाइल बन्द गरेर बेपत्ता, पक्राउ गर्न खोज्दै प्रहरी | Khabarhub Khabarhub

दुर्गा प्रसाईं मोबाइल बन्द गरेर बेपत्ता, पक्राउ गर्न खोज्दै प्रहरी


१५ चैत्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राप्रपाका बरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र र महामन्त्री धवल शम्शेर जबरा पक्राउ परेका छन् । आन्दोलनका नाममा अराजक गतिविधि गरेको आरोपमा उनीहरुलाई काठमाडौं प्रहरी परिसरले पक्राउ गरेको हो । केएमसी अस्पतालबाट घाइते भेटेर फर्कने क्रममा उनीहरुलाई पक्राउ गरिएको बताइएको छ ।

त्यस्तै राजावादी समर्थक स्वागत नेपाल पनि पक्राउ परेका छन् । भने राजावादीका संयोजक नवराज सुवेदीलाई घरमै निगरानीमा राखिएको छ ।

यस्तै राजावादी आन्दोलनका ‘जनकमान्डर’ दुर्गा प्रसाईंलाई प्रहरीले खोजिरहेको छ । तर पक्राउ पर्ने सुचना पाए लगत्तै प्रसाईं मोबाइल अफ गरेर सम्पर्कविहीन भएका छन् ।

काठमाडौंको तीनकुनेमा अराजक प्रदर्शन गर्न लगाएर उनी कार्यक्रमस्थलबाट सुटुक्क गाडी चढेर भागेका थिए । त्यसपछि आफूलाई पक्राउ गर्न आउँन नपर्ने, आफू नै जहाँ बोलाउँछौं त्यहीँ आउँछु भनी प्रहरीलाई चुनौती दिएका प्रसाईं त्यसलगत्तै सम्पर्कविहीन भएका छन् । उनलाई प्रहरीले खोजी रहेको छ ।

नेपाल प्रहरीका एकजना उच्च अधिकारीका अनुसार अहिले प्रहरीको टोली उनको घर भक्तपुर पुगिसकेको छ । ‘माथिबाट आदेश आएको छ । हामी खोजीमा छौँ’ प्रहरीका ती अधिकारीले खबरहबलाई भने, ‘गृह मन्त्रालयले नै उहाँको गतिविधि ठिक भएन भनेर आदेश दिएको छ ।’

प्रसाईं अहिले कहाँ छन् भन्नेबारे कसैलाई जानकारी छैन । शुक्रबार राजावादीको आन्दोलनमा दुई जनाको मृत्यु भइसकेको छ ।

यसैबीच प्रसाईंले आफूलाई प्रहरीले पक्राउ गर्न लागेको सूचना आएको बताएका छन् । उनले आन्दोलनमा सरकारले एकजना युवाको हत्या गरेको जिकिर गरेका छन् ।उनले कीर्तिपुरका २९ वर्षीय सबिन महर्जनप्रति श्रद्धाञ्जली दिएका छन् । तर प्रसाईंले राजावादीले आगो लगाउँदा जलेका पत्रकार सुरेश रजकबारे केही बोलेका छैनन् ।

उनले राज्यबाटै दमन भएको आरोप लगाएका छन् । ‘जुन अप्रिय अवस्था बन्यो, त्यो सबै सरकारको दमनको कारण भएको हो, त्यसको क्षतिपूर्ति सरकारले व्यहोर्नु पर्नेछ’, उनले भनेका छन्, ‘मलाई पक्राउ गर्न प्रहरी आइरहन पर्दैन, जहाँ बोलाउछौँ, त्यहीँ आउँछु । अब म थुनिएर आन्दोलन रोकिँदैन । दुर्गा अब व्यक्ति होइन, विचार हो, अभियान हो ।’

प्रकाशित मिति : १५ चैत्र २०८१, शुक्रबार  ११ : ३६ बजे

नारायणी रङ्गशालालाई अन्तरराष्ट्रिय खेलग्राम बनाइने

पर्सा – मधेस प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ को

मुलुकको अर्थतन्त्र विस्तारै लयमा फर्कँदै छ : महासचिव पोखरेल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले मुलुकको

भारतबाट फर्केका सुदूरपश्चिमका पाँच जनामा कोरोना सङ्क्रमण

कञ्चनपुर – गौरीफन्टा नाका हुँदै भारतबाट फर्केका सुदूरपश्चिमका पाँच जनामा

वाईसीएलको अध्यक्षमा पुष्प ओली सर्वसम्मत

काठमाडौं – नेकपा माओवादी केन्द्र निकट युवा सङ्गठन योङ्ग कम्युनिस्ट

शिक्षा ऐन यथाशीघ्र ल्याउने तयारी भइरहेको छः शिक्षा मन्त्री पन्त

कास्की – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले शिक्षा विधेयकसम्बन्धी