सय दिनमा घट्यो ट्रम्पको लोकप्रियता « Khabarhub

सय दिनमा घट्यो ट्रम्पको लोकप्रियता


१५ बैशाख २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


291
Shares
  • change font
  • change font
  • change font

वाशिंटन – ओभल अफिसमा पहिलो सय दिन बिताएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प सुरुवातमा नै अलोकप्रिय देखिएका छन्।

सिएनएनले गरेको सर्वेक्षण अनुसार पहिलो सय दिनका उनको ‘एप्रुभल रेटिङ’ ४१ प्रतिशत रह्यो। पहिलो सय दिनको यो एप्रुभल रेटिङ अमेरिकी इतिहासमा पछिल्लो सात दशककै सबै भन्दा कम हो।

राष्ट्रपतिको रूपमा ट्रम्पको एप्रुभल मार्चको भन्दा चार अङ्कले घटेको छ। यसैगरी फेब्रुअरीको अन्त्यको भन्दा सात प्रतिशतले कम छ। सर्वेक्षण अनुसार २२ प्रतिशत ट्रम्पको बलिया समर्थक भेटिए। यसैगरी, ४१ प्रतिशत ट्रम्पको कटु आलोचक देखिए।

मार्च यता ट्रम्पको लोकप्रियता महिला र ल्याटिनो समुदायमा धेरै घटी रहेको छ। रिपब्लिक अझै ट्रम्पको समर्थक छन् भने डेमोक्र्याट पार्टीमा आबद्ध हुनेको उनी प्रतिको आक्रोश बढ्दो छ। तटस्थ र स्वतन्त्र मतदाता जनवरी महिनामा सबै भन्दा धेरै उनी प्रति सकारात्मक थिए। अहिले उनी प्रति असाध्य नकारात्मक छन्।

उनी कार्यालय प्रवेश गरेपछि गरेको महत्त्वपूर्ण निर्णयमा धेरैका असहमति पाइएको छ। मुद्रास्फीति, स्टक मार्केट तथा वस्तुको मूल्य वृद्धिका कारण ट्रम्पको लोकप्रियता घटिरहेको छ।

प्रकाशित मिति : १५ बैशाख २०८२, सोमबार  ७ : ४६ बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार