सय दिनमा घट्यो ट्रम्पको लोकप्रियता | Khabarhub Khabarhub

सय दिनमा घट्यो ट्रम्पको लोकप्रियता


१५ बैशाख २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


291
Shares
  • change font
  • change font
  • change font

वाशिंटन – ओभल अफिसमा पहिलो सय दिन बिताएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प सुरुवातमा नै अलोकप्रिय देखिएका छन्।

सिएनएनले गरेको सर्वेक्षण अनुसार पहिलो सय दिनका उनको ‘एप्रुभल रेटिङ’ ४१ प्रतिशत रह्यो। पहिलो सय दिनको यो एप्रुभल रेटिङ अमेरिकी इतिहासमा पछिल्लो सात दशककै सबै भन्दा कम हो।

राष्ट्रपतिको रूपमा ट्रम्पको एप्रुभल मार्चको भन्दा चार अङ्कले घटेको छ। यसैगरी फेब्रुअरीको अन्त्यको भन्दा सात प्रतिशतले कम छ। सर्वेक्षण अनुसार २२ प्रतिशत ट्रम्पको बलिया समर्थक भेटिए। यसैगरी, ४१ प्रतिशत ट्रम्पको कटु आलोचक देखिए।

मार्च यता ट्रम्पको लोकप्रियता महिला र ल्याटिनो समुदायमा धेरै घटी रहेको छ। रिपब्लिक अझै ट्रम्पको समर्थक छन् भने डेमोक्र्याट पार्टीमा आबद्ध हुनेको उनी प्रतिको आक्रोश बढ्दो छ। तटस्थ र स्वतन्त्र मतदाता जनवरी महिनामा सबै भन्दा धेरै उनी प्रति सकारात्मक थिए। अहिले उनी प्रति असाध्य नकारात्मक छन्।

उनी कार्यालय प्रवेश गरेपछि गरेको महत्त्वपूर्ण निर्णयमा धेरैका असहमति पाइएको छ। मुद्रास्फीति, स्टक मार्केट तथा वस्तुको मूल्य वृद्धिका कारण ट्रम्पको लोकप्रियता घटिरहेको छ।

प्रकाशित मिति : १५ बैशाख २०८२, सोमबार  ७ : ४६ बजे

विद्या भण्डारीले खोलिन्‌ व्यक्तिगत वेबसाइट

काठमाडौँ – नेकपा (एमाले) मा सक्रिय राजनीति गर्न फर्किएकी पूर्वराष्ट्रपति

कीर्तिपुरमा सेफ्टीट्याङ्कीको खाल्डोमा डुब्दा एक जनाको मृत्यु, अर्को शव पनि फेला

काठमाडौँ – काठमाडौँको दुई छुट्टाछुट्टै घटनामा आज दुई जनाको मृत्यु

इजरायलले हवाई आक्रमण गर्दा लेबनानमा १२ जनाको मृत्यु

एजेन्सी – इजरायलले पूर्वी लेबाननको बेका उपत्यकामा गरेको हवाई आक्रमणमा

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो

काठमाडौँ – नेपाल आयल निगमले पेट्रोलमा प्रतिलिटर पाँच र डिजेल

युक्रेनमा जासुसी गर्ने अमेरिकी नागरिकलाई रुसी पासपोर्ट

एजेन्सी – युक्रेनी सेनाहरूमाथि जासुसी गरेर मस्कोको सैन्य आक्रमणलाई सहयोग