लिङ्देनलाई चुनौती- भाटभटेनी लुटपाटमा सह-महामन्त्रीका छोराको संलग्नता पुष्टि गर्नुस् « Khabarhub

लिङ्देनलाई चुनौती- भाटभटेनी लुटपाटमा सह-महामन्त्रीका छोराको संलग्नता पुष्टि गर्नुस्


१५ बैशाख २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


198
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसकी सांसद प्रतिमा गौतमले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनलाई भाटभटेनी लुटपाटमा सहमहामन्त्रीका छोराको संलग्नता पुष्टि गर्न चुनौती दिएकी छन् । 

प्रतिनिधिसभाको सोमबारको बैठकको शून्य समयमा बोल्दै उनले लिङ्देनलाई चैत १५ गते राजावादी आन्दोलनका क्रममा भएको लुटपाटमा कांग्रेसका सहमहामन्त्रीका छोराका संलग्नता पुष्टि गर्न चुनौती दिएकी हुन् ।  

‘कसैको राजनीतिक, सामाजिक प्रतिष्ठामा आँच आउने गरी गरिएको अभिव्यक्तिप्रति खेद व्यक्त गर्दै माननीय लिङ्देनलाई उहाँले बोलेको अभिव्यक्ति प्रमाणित गर्न चुनौती दिन चाहन्छु,’ सांसद गौतमले भनिन् । 

उनले राप्रपा अध्यक्ष लिङ्देनलाई संलग्नता पुष्टि गर्न नसके संसद्मा नै माफी माग्न पनि सुझाव दिएकी छन् । ‘हैन भने उहाँले आफ्नो भनाइ यसै सदनबाट फिर्ता लिँदै माफी माग्न सभामुखमार्फत् आग्रह गर्दछु,’ गौतमले भनिन् । 

उनले २७ दिनदेखि आन्दोलनरत शिक्षकका जायज मागहरू सम्बोधन गरी विद्यालय फर्काउने वातावरण निर्माण गर्न पनि सरकारको ध्यानाकर्षण गराइन् । 

‘हिजो शिक्षक आन्दोलनमा भएको धरपकडमा घाइते हुनु भएका शिक्षक, प्रहरी, पत्रकार साथीहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै शिक्षकहरूको जायज माग तत्काल सम्बोधन गरी शिक्षकहरूलाई विद्यालय फर्काउने वातावरण निर्माण गर्नका लागि सभामुखमार्फत् सरकारको ध्यानाकर्षण गराउँदछु,’ सांसद गौतमले भनिन् ।

प्रकाशित मिति : १५ बैशाख २०८२, सोमबार  १२ : ५२ बजे

नेपाली क्रिकेट टोली एसियन गेम्सबाट स्वदेश फिर्ता

काठमाडौँ – नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली बीसौँ एसियाली खेलकुदमा

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौँ – २०८३ साल असोज १६ गते शुक्रबार सन् २०२६

आज २०८३ साल असोज १६ गते शुक्रबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १६ गते शुक्रबार सन् २०२६

प्रशिक्षकसँगको विवादपछि राष्ट्रिय टोलीमा रोनाल्डोको भविष्य अनिश्चित

काठमाडाैं – प्रशिक्षक जर्ज जेससले बिहीबार डेनमार्कविरुद्धको खेलमा पोर्चुगलका सुपरस्टार