शिक्षकमाथि दमन प्रकरण पुग्यो संसद्‍मा, विपक्षीले घेरे सरकारलाई | Khabarhub Khabarhub

शिक्षकमाथि दमन प्रकरण पुग्यो संसद्‍मा, विपक्षीले घेरे सरकारलाई


१५ बैशाख २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


303
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- आन्दोलनरत शिक्षकहरूमाथि सरकारले दमन गरेको भन्दै सांसदहरूले विरोध जनाएका छन् ।

प्रतिनिधिसभाको सोमबार बसेको बैठकको शून्य समयमा सांसदहरूले आइतबार शिक्षकहरूको शान्तिपूर्ण आन्दोलनमा सरकारले बल प्रयोग गरेको आरोप लगाउँदै असन्तुष्टि जनाए ।

उनीहरूले सरकारले वार्तामार्फत् शिक्षकहरूको जायज मागको सम्बोधन गर्न एवम् भर्ना र पठनपाठन थाल्ने अवस्था बनाउन माग गरे ।

सांसद प्रकाश ज्वालाले आन्दोलनरत शिक्षकहरूको जायज मागलाई यथाशीघ्र सम्बोधन गर्न सरकारसँग माग गरे ।

‘आन्दोलनरत शिक्षकहरूको माग सम्बोधनको सट्टा सरकार राज्य शक्तिको दुरूपयोग गर्दै आन्दोलनकारीमाथि दमन गर्दैछ । आन्दोलनमाथि सरकारी दमनको भत्र्सना गर्दछु’, सांसद ज्वालाले भने । उनले पत्रकारको सुरक्षाको सुनिश्चित गर्न माग गर्दै चिकित्सकको आन्दोलनमा समेत ध्यानार्कषण गराए ।

सांसद डोलप्रसाद अर्यालले सरकारले आन्दोलनरत शिक्षकहरूमाथि दमन र आफ्नो शक्ति प्रदर्शनमा लागिरहेको आरोप लगाए ।

‘हिजो शिक्षकहरूमाथि भएको दमनमाथि रास्वपा गम्भीर ध्यानार्कषण गराउन चाहन्छ’, सांसद अर्यालले भने । उनले आगामी बजेटले बूढीगण्डकी जलविद्युत् आयोजनालाई सम्बोधन गर्नुपर्ने सुझाव दिए ।

सांसद दिलेन्द्रप्रसाद बडूले सरकारलाई आन्दोलनरत पक्षहरूप्रति संवेदनशील, जिम्मेवार र संयमित बन्न सरकारसँग आग्रह गरे ।

यस्तै, सांसदहरू डिगबहादुर लिम्बू, नारायणप्रसाद आचार्य, देवप्रसाद तिमिल्सिना, नैनकला थापा, सांसद देवेन्द्र पौडेल, पूर्णबहादुर घर्तीले शिक्षकहरूको जायज मागप्रति एक्यबद्धता जाहेर गर्दै वार्तामार्फत समाधान खोज्नपर्ने बताए ।

बैठकको शून्य समयमा सांसद तारा लामा तामाङले वर्षायाममा सम्भावित विपद् बाढी पहिरोका कारण हुन सक्ने क्षति न्यूनीकरणका लागि राज्यका सरोकारवाला सबै पक्षलाई स्रोतसाधन तयारी अवस्थामा राख्न ध्यानार्कषण गराए ।

अर्का सांसद डा. तोसिमा कार्कीले चोभारको गल्छी साँघुरो बन्दै गएको र यसले ललितपुरका थुप्रै ठाउँ डुबानमा पर्ने सक्नेतर्फ सचेत गराइन् ।

प्रकाशित मिति : १५ बैशाख २०८२, सोमबार  २ : २४ बजे

सिमकोट बजार सुनसान, व्यवसाय सञ्चालनमा ल्याउन आग्रह

सिमकोट– हुम्लाको सदरमुकाम सिमकोट आज बिहानैदेखि सुनसान देखिएको छ ।

पछिल्लो २४ घण्टामै गाजामा भएको इजरायली आक्रमणमा ५२ प्यालेस्टिनीको मृत्यु

गाजा– गाजा पट्टीका विभिन्न क्षेत्रमा जारी इजरायली हवाई आक्रमणका कारण पछिल्लो

धादिङ कारागारबाट कैदी भाग्न थालेपछि सेनाले गोली चलायो, एक जनाको मृत्यु, सात घाइते

काठमाडौँ – आगजनी गर्दै जिल्ला कारागार धादिङबाट कैदीबन्दी भाग्न थालेपछि

कञ्चनपुर प्रशासनको निर्देशन- सुरक्षाकर्मीबाट खोसिएका हातहतियार तथा गोलीगठ्ठा बुझाउनू

महेन्द्रनगर– स्थानीय प्रशासनले जेन–जी पुस्ताको आन्दोलनका क्रममा सुरक्षाकर्मीबाट खोसिएका हातहतियार

जेन–जीको आन्दोलनले ध्वस्त भए कास्कीका अधिकांश सरकारी कार्यालय (तस्बिरहरू)

काठमाडौं– जेन–जीको प्रदर्शनकारीले कास्कीका अधिकांश सरकारी कार्यालयमा आगजनी गरेका छन्