सहकारी पीडितले सरकारको विरोधमा निकाले अर्धनग्न जुलुस « Khabarhub

सहकारी पीडितले सरकारको विरोधमा निकाले अर्धनग्न जुलुस


१५ बैशाख २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


579
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- लामो समयदेखि आन्दोलित सहकारी पीडितहरूले सोमबार काठमाडौंको माइतीघर मण्डलमा अर्धनग्न भएर प्रदर्शन गरेका छन् ।

माइतीघर मण्डलमा जम्मा भएका सहकारी पीडितहरूले अर्धनग्न बनेर प्रदर्शन गरेका हुन् ।

पीडितहरूले कालो रङको कपडाले शरीरको भाग आधा मात्रै छोपेर प्रदर्शन गरेका हुन् ।

यसो गरेर पीडितहरूको आवाज नसुन्ने सरकारको प्रवृत्तिप्रति विरोध गरिएको जनाएका छन् ।

प्रदर्शनमा सहभागी अरूले विभिन्न माग लेखिएका प्लेकार्ड बोकेका थिए । पीडितहरूले आफूहरूको आन्दोलनलाई कमजोर नठान्न चेतावनी दिएका छन् ।

उनीहरूले ‘आन्दोलन रहर नभई बाध्यता हो’, ‘हाम्रो धैर्यलाई कमजोरी नठान’ लगायत नारा लेखेका प्लेकार्डसहित प्रदर्शन गरे ।

देशभरका सयौँ सहकारी संस्थाको बचत रकम अपचलन हुँदा हजारौँ पीडित छन् । उनीहरू करिब एक वर्षदेखि सडकमा छन् ।

उनीहरुले सहकारी संस्थाका सञ्चालकको सम्पत्ति जफत गरेर बचत फिर्ता गर्न भनेका छन् ।

अहिलेसम्म सरकारले उनीहरूका सम्बोधन गरेको छैन । २७ दिनदेखि आन्दोलित शिक्षकका मागबारे पनि सरकारले सुनेको छैन ।

प्रकाशित मिति : १५ बैशाख २०८२, सोमबार  २ : ५३ बजे

काठमाडौँमा हिमालयन रिम फिल्म प्रदर्शनी सुरु

काठमाडौँ– हिमालयन रिम फिल्म प्रदर्शनी सुरु भएको छ । ‘मार्शल

विश्वकप २०२६ का सबैभन्दा महंगा प्रशिक्षक को हुन् ?

फिफा विश्वकप २०२६ अब ढोकामै आइपुगेको छ। अमेरिका, मेक्सिको र

भोजपुरको षडानन्दमा ‘एक घर एक धारा’ को पहुँच

भोजपुर– भोजपुरको उत्तरी क्षेत्र षडानन्द नगरपालिकामा सञ्चालित लोमा खोला खानेपानी

म्याग्दीका तीन ठाउँमा नदी नियन्त्रण योजना निर्माण

म्याग्दी– ऊर्जा, जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय म्याग्दीमार्फत चालु आर्थिक

प्रधानमन्त्री बालेन लक्षित रविका दाजुको व्यङ्ग्य: ‘संसद् नजाने भए टेलिभिजनमा बोलाएर र्‍याखर्‍याख्ती पार’

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेका