कमल थापाको आयोजनामा राजावादीहरू एकैठाउँ (तस्बिरहरू) « Khabarhub

कमल थापाको आयोजनामा राजावादीहरू एकैठाउँ (तस्बिरहरू)

राजेन्द्र लिङ्देन पनि सहभागी


१५ बैशाख २०८२, सोमबार  

पढ्न लाग्ने समय : 3 मिनेट


567
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पछिल्लो एक महिनायता एकपछि अर्को राजावादी समूह र दलले सार्वजनिक रुपमा कार्यक्रम गरिरहेका छन् ।

गत फागुन २५ गते पोखराबाट पूर्वराजा ज्ञानेन्द्र शाह फर्किने क्रममा स्वागतका लागि एकजुट देखिएका राजवादीको गतिविधि त्यसयता निरन्तर बढिरहेको छ ।

चैत १५ गते काठमाडौंको तीनकुनेमा दुर्गा प्रसाईं र नवराज सुवेदीले गरेको प्रदर्शन हिंसात्मक भएयता राजावदीहरू निरन्तर सक्रिय छन् ।

केही नेताहरू प्रहरीको हिरासतमा भए पनि विभिन्न समूह र दलको नाममा राजा र हिन्दु राष्ट्र माग्नेहरूले निरन्तर सडक तताउने क्रम जारी छ ।

सोमबार मात्रै राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालको आयोजनामा रत्नपार्कको शान्तिबाटिकामा राजावादी नेताहरू जुटेका छन् । यहाँ सबै राजावादी नेताहरू एकै मञ्चमा देखिएका हुन् ।

राप्रपा नेपालले सुरुमा यो कार्यक्रमम भृकुटीमण्डपमा गर्ने भनेको थियो । तर रत्नपार्कको शान्तिबाटिकामा यो कार्यक्रम भएको हो ।

पार्टीका महामन्त्री राजाराम बर्तौलाले चैत १५ गते तीनकुने घटनामा पक्राउ परेकाको रिहाइ, राजसंस्था माग्दै धर्मनिरपेक्षताको विरोधमा बन्देज लगाउन कानुन निर्माण हुन लागेकोमा विरोधस्वरुप कार्यक्रम गरिएको बताए ।

कार्यक्रमका लागि राप्रपा नेपाल अध्यक्ष कमल थापाले विचार मिल्ने शीर्ष नेताहरूसँग सम्पर्क र समन्वय गरेका थिए । उनले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदी र राष्ट्रिय शक्ति नेपालका अध्यक्ष केशरबहादुर बिष्टसँग कुरा गरेका थिए ।

राष्ट्र बचाउ अभियान, नेपाली काङ्ग्रेस (बीपी), शिव सेना नेपाल लगायत संस्थासँग पनि समन्वय गरिएको थियो ।

यो कार्यक्रममा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन पनि पुगेका छन् । राप्रपाबाट वरिष्ठ उपाध्यक्ष विक्रम पाण्डे र महामन्त्री धवल शमशेर जबरा पनि सहभागी भएका छन् ।

त्यसैगरी राजावादी नेताहरू केशरबहादुर विष्ट र नवराज सुवेदी पनि यो कार्यक्रममा सहभागी भएका छन् ।

प्रकाशित मिति : १५ बैशाख २०८२, सोमबार  ३ : १८ बजे

विभिन्न सांस्कृतिक कार्यक्रमसहित सातदिने ट्राफिक सप्ताह सम्पन्न

काठमाडौं– काठमाडौँ उपत्यकामा सडक दुर्घटना न्यूनीकरण तथा ट्राफिक नियमप्रति नागरिकलाई

वामदेव, नारायणकाजी र भगवतीले प्रतिनिधि सभामा उठ्न राष्ट्रिय सभा छाडे

काठमाडौं- आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभाको चुनावमा उठ्न

कञ्चनपुरमा महिला मतदाता बढी

कञ्चनपुर– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा मतदाताको

आईसीसी महिला टी–२० छनोट : थाइल्याण्डसँग नेपाल पराजित

काठमाडौं– आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटको पहिलो खेलमा नेपाल

पहिलो पटक घण्टीघरमा प्रवेश गर्दै बालेन्द्र, रास्वपा बैठकमा सहभागी हुने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र साह केन्द्रीय कार्यालय