पहिलो पटक लिङ्देनको नेतृत्व स्वीकार्दै थापाले भने- राजावादीको नेतृत्व अब राप्रपाले गर्नुपर्छ « Khabarhub

पहिलो पटक लिङ्देनको नेतृत्व स्वीकार्दै थापाले भने- राजावादीको नेतृत्व अब राप्रपाले गर्नुपर्छ


१५ बैशाख २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


627
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले २०७८ मंसिरमा भएको एकता महाधिवेशनमा पराजित भएयता पहिलो पटक राजेन्द्र लिङ्देनको नेतृत्वको स्वीकारेका छन् ।

थापाले सोमबार रत्नपार्कको शान्ति बाटिकामा आयोजित पार्टीको कार्यक्रमलाई सम्बोधनका क्रममा लिङ्देनको नेतृत्वलाई स्वीकारेका हुन् ।

उनले आफूहरू अलग अलग पार्टीमा रहे पनि एजेन्डामा एकै ठाउँ रहेको टिप्पणीसमेत गरेका छन् ।

थापाले मञ्चमा सँगै उभिएका लिङ्देनको हात समातेर उनलाई नेता मान्न तयार भएका हुन् । त्यसपछि थापा र लिङ्देनसँगै केशरबहादुर विष्ट र राजावादी आन्दोलनका संयोजक नवराज सुवेदी पनि हात समात्न आइपुगे ।

‘हामी एक ठाउँमा छौँ, एक भएर रहन्छौँ । एउटा कुरा प्रष्ट छ, राप्रपा देशको अहिलेको सबैभन्दा ठूलो र बलियो राष्ट्रवादी शक्ति हो’, उनले भने, ‘राप्रपाले नै सबैले समेट्ने गरी अघि बढ्नुपर्छ । यो पहलकदमी लिनका लागि राजेन्द्र लिङ्देनलाई आग्रह गर्छु । लिङ्देनले पहलकदमी लिएर सबै राष्ट्रवादी/राजावादी शक्तिहरूलाई एकै ठाउँमा ल्याउनुपर्छ ।’

त्यसअघि शान्ति बाटिकाको कार्यक्रममा पुगेका लिङ्देनले थापालाई दाइ भनेर सम्बोधन गर्दै नमस्कार गरेका थिए । त्यसबेला दुई नेताबीच केहीबेर भलाकुसारी पनि भएको थियो । यो दृश्यले त्यहाँ उपस्थित राजावादी कार्यकर्ताहरू हौसिएका देखिन्थे ।

गत चैत १५ गते काठमाडौंको तीनकुनेमा आयोजित राजावादीको प्रदर्शनको नेतृत्व दुर्गा प्रसाईं र नवराज सुवेदीले गरेका थिए । उक्त आन्दोलनयता राप्रपा नेपालका अध्यक्ष थापा छायामा परेका थिए । उता राप्रपालाई पनि शीर्ष नेता पक्राउ परेर धक्का लागेको थियो ।

कुनै बेला लिङ्देनलाई राप्रपाको अध्यक्षसमेत स्वीकार्न तयार नभएका थापा अब उनकै अगुवाइमा राजा फर्काउने अभियानलाई अघि बढाउन तयार भएका छन् । त्यहीअनुसार उनले लिङ्देनलाई आफ्नो नेता मान्न तयार रहेको जनाऊ रत्नपार्कको शान्तिबाटीकाबाट दिएका छन् ।

प्रकाशित मिति : १५ बैशाख २०८२, सोमबार  ४ : ३४ बजे

सिरी ‘ए’ विपक्षीको पोस्टमा जेमी भार्डीको दुई गोल

काठमाडौं – सोमबार राति भएको इटालीको सिरी ‘ए’मा क्रेमान्सेले बोलोग्नालाई

लैङ्गिक हिंसा र विद्युतीय अपराध नियन्त्रणका लागि अभियान सुरु

भोजपुर– भोजपुरको पौवादुङमा गाउँपालिकाले लैङ्गिक हिंसा र विद्युतीय अपराध (साइबर

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

डडेल्धुरामा एक हजार ८९२ नयाँ मतदाता थपिए

डडेल्धुरा– डडेल्धुरामा एक हजार ८९२ नयाँ मतदाता थपिएका छन् ।

वर्तमान कांग्रेस कार्यसमतिको म्याद दुई महिना थप

ललितपुर – यही मङ्सिरको २३ गते म्याद सकिन लागेको पार्टीको