पहिलो पटक लिङ्देनको नेतृत्व स्वीकार्दै थापाले भने- राजावादीको नेतृत्व अब राप्रपाले गर्नुपर्छ « Khabarhub

पहिलो पटक लिङ्देनको नेतृत्व स्वीकार्दै थापाले भने- राजावादीको नेतृत्व अब राप्रपाले गर्नुपर्छ


१५ बैशाख २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


627
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले २०७८ मंसिरमा भएको एकता महाधिवेशनमा पराजित भएयता पहिलो पटक राजेन्द्र लिङ्देनको नेतृत्वको स्वीकारेका छन् ।

थापाले सोमबार रत्नपार्कको शान्ति बाटिकामा आयोजित पार्टीको कार्यक्रमलाई सम्बोधनका क्रममा लिङ्देनको नेतृत्वलाई स्वीकारेका हुन् ।

उनले आफूहरू अलग अलग पार्टीमा रहे पनि एजेन्डामा एकै ठाउँ रहेको टिप्पणीसमेत गरेका छन् ।

थापाले मञ्चमा सँगै उभिएका लिङ्देनको हात समातेर उनलाई नेता मान्न तयार भएका हुन् । त्यसपछि थापा र लिङ्देनसँगै केशरबहादुर विष्ट र राजावादी आन्दोलनका संयोजक नवराज सुवेदी पनि हात समात्न आइपुगे ।

‘हामी एक ठाउँमा छौँ, एक भएर रहन्छौँ । एउटा कुरा प्रष्ट छ, राप्रपा देशको अहिलेको सबैभन्दा ठूलो र बलियो राष्ट्रवादी शक्ति हो’, उनले भने, ‘राप्रपाले नै सबैले समेट्ने गरी अघि बढ्नुपर्छ । यो पहलकदमी लिनका लागि राजेन्द्र लिङ्देनलाई आग्रह गर्छु । लिङ्देनले पहलकदमी लिएर सबै राष्ट्रवादी/राजावादी शक्तिहरूलाई एकै ठाउँमा ल्याउनुपर्छ ।’

त्यसअघि शान्ति बाटिकाको कार्यक्रममा पुगेका लिङ्देनले थापालाई दाइ भनेर सम्बोधन गर्दै नमस्कार गरेका थिए । त्यसबेला दुई नेताबीच केहीबेर भलाकुसारी पनि भएको थियो । यो दृश्यले त्यहाँ उपस्थित राजावादी कार्यकर्ताहरू हौसिएका देखिन्थे ।

गत चैत १५ गते काठमाडौंको तीनकुनेमा आयोजित राजावादीको प्रदर्शनको नेतृत्व दुर्गा प्रसाईं र नवराज सुवेदीले गरेका थिए । उक्त आन्दोलनयता राप्रपा नेपालका अध्यक्ष थापा छायामा परेका थिए । उता राप्रपालाई पनि शीर्ष नेता पक्राउ परेर धक्का लागेको थियो ।

कुनै बेला लिङ्देनलाई राप्रपाको अध्यक्षसमेत स्वीकार्न तयार नभएका थापा अब उनकै अगुवाइमा राजा फर्काउने अभियानलाई अघि बढाउन तयार भएका छन् । त्यहीअनुसार उनले लिङ्देनलाई आफ्नो नेता मान्न तयार रहेको जनाऊ रत्नपार्कको शान्तिबाटीकाबाट दिएका छन् ।

प्रकाशित मिति : १५ बैशाख २०८२, सोमबार  ४ : ३४ बजे

वर्तमान सरकार चौतर्फी असफल, अर्थतन्त्र संकटग्रस्त : आजपा 

काठमाडौं– आम जनता पार्टी (आजपा)ले वर्तमान सरकार चौतर्फी असफल भएको निश्कर्ष

उपत्यका डुबान : मुख्य निकास साँघुरिँदा बढ्दो सास्ती

काठमाडौं– अनामनगर, नयाँ बानेश्वर, जमल, रानीवन तथा सिंहदरबारलगायत आसपासको क्षेत्र

मधेस प्रदेश सरकारद्वारा ५६.३१ प्रतिशत बजेट खर्च

जनकपुरधाम– मधेस प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ मा कुल बजेटको

‘रासायनिक मलको दीर्घकालीन समाधान गर्न नीतिगत सुधार आवश्यक’

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले रासायनिक मलको दीर्घकालीन

सुदूरपश्चिममा राजस्व सङ्कलन नरोकिने

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेश सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०८३/८४ को