ललितपुर महानगरले भन्यो- मंगलबारदेखि सामुदायिक विद्यालयको पठनपाठन अघि बढाउनू « Khabarhub

ललितपुर महानगरले भन्यो- मंगलबारदेखि सामुदायिक विद्यालयको पठनपाठन अघि बढाउनू


१५ बैशाख २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


228
Shares
  • change font
  • change font
  • change font

ललितपुर- ललितपुर महानगरपालिकाले मंगलबारदेखि सबै विद्यालय सामुदायिक खोलेर पठनपाठन अगाडि बढाउन निर्देशन दिएको छ ।

महानगरपालिकाका प्रवक्ता राजु महर्जनले मातहतका सबै सामुदायिक विद्यालयलाई मंगलबारदेखि नै नयाँ शैक्षिक सत्रको पढाई अघि बढाउन परिपत्र गरेका हुन् ।

प्रवक्ता महर्जनद्वारा सोमबार जारी परिपत्रमा सर्वोच्च अदालतबाट भएको आदेशअनुसार विद्यालय खोलेर पठनपाठन अगाडि बढाउन भनिएको छ ।

‘विद्यालय सञ्चालनका सन्दर्भमा सम्मानित सर्वोच्च अदालतबाट देशभरका बालबालिकालाई विद्यालयमा नियमित पठनपाठन गर्न पाउने हकबाट वञ्चित नगर्नू, नगराउनू भनी भएको आदेशबमोजिम यस महानगरपालिकाअन्तर्गतका सबै सामुदायिक विद्यालय वैशाख १६ बाट नियमित पठनपाठन, विद्यार्थी भर्नालगायत शैक्षणिक क्रियाकलाप पूर्ण रूपमा सञ्चालन गर्नु गराउनु हुन अनुरोध छ,’ उनले भनेका छन् ।

नेपाल शिक्षक महासंघको नेतृत्वमा विगतमा भएका सहमति कार्यान्वयन र तत्काल नयाँ शिक्षा ऐन जारी हुनुपर्ने मागसहित देशभरका शिक्षकहरू गत चैत २० गतेदेखि काठमाडौं केन्द्रित आन्दोलनमा छन् ।

शिक्षकहरुले सोमाबर २७औँ दिनको प्रदर्शन गरेका छन् । आइतबार मात्रै नयाँबानेश्वर क्षेत्रमा प्रहरीसँग झडप हुँदा कम्तीमा ६२ जना शिक्षक घाइते भएका थिए ।

शिक्षक र सरकारबीच वार्ताद्वारा समस्या समाधानको कोसिस नहुँदा नयाँ शैक्षिक सत्रको पहिलो महिना खेर जान लागेको छ । सरकारले अझै पनि शिक्षकलाई वार्ताका लागि गम्भीरतापूर्वक नबोलाउँदा सामुदायिक विद्यालयमा भर्ना अभियानलगायत शैक्षिक गतिविध प्रभावित भएका छन् ।

शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले भने विद्यालय शिक्षा ऐन जारी नभएसम्म कोही पनि शिक्षक आन्दोलनको मोर्चाबाट पछि नहट्ने बताएका छन् ।

आन्दोलनरत शिक्षकहरूलाई सोमबार काठमाडौंको बिजुली बजार क्षेत्रमा सम्बोधन गर्दै सुवेदी यो आन्दोलनका क्रममा सत्तामा रहनेहरू गल्ने र भाग्न सक्ने बताउँदै आफूहरू नथाक्ने बताएका हुन् ।

‘सत्तामा हुनेहरू हेर- आज २७औँ दिन पनि हजारौं शिक्षकहरू आन्दोलनको मोर्चामा डटिरहेका छन्’, उनले भने, ‘यी शिक्षक–कर्मचारी साथीहरू थाक्दैनन्, गल्दैनन्, भाग्दैनन् । बरू सत्तामा हुनेहरू गल्लान्, थाक्लान्, भाग्लान्, हामी शिक्षा ऐन जारी नभएसम्म पछि हट्दैनौँ ।’

प्रकाशित मिति : १५ बैशाख २०८२, सोमबार  ६ : १३ बजे

उदयपुरमा एक हजार ४० केजी गाँजा बरामद

उदयपुर– उदयपुरमा प्रहरीले एकैदिन दुई स्थानबाट एक हजार ४० केजी

दसैँसँगै असन-इन्द्रचोक बजारमा बढ्यो चहलपहल, (तस्बिरहरु)

काठमाडौँ– वडा दसैँसँगै काठमाडौँको असन र इन्द्रचोक बजारमा चहलपहल बढेको

अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई

काठमाडौँ – अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्रीद्वय रोबर्ट हल र

रुसलाई नेटोको चेतावनी : सम्भावित आक्रमणको प्रतिरोध गर्न गठबन्धन सक्षम

काठमाडौं – रुसबाट बढ्दो सुरक्षा चुनौती र युक्रेनका समर्थक देशविरुद्ध तोडफोड तथा

अलैँचीको मूल्य प्रतिमन ८४ हजार

ताप्लेजुङ– ताप्लेजुङमा नयाँ अलैँचीको कारोबार सुरु भएको छ । प्रतिमन