आफैंले नियुक्त गरेका प्रदीप अधिकारीबारे प्रेम आलेको टिप्पणी- तीनै ठूला नेतालाई खल्तीमा राख्छन्, माथिको दबाब मान्दा पछुतो भयो « Khabarhub

आफैंले नियुक्त गरेका प्रदीप अधिकारीबारे प्रेम आलेको टिप्पणी- तीनै ठूला नेतालाई खल्तीमा राख्छन्, माथिको दबाब मान्दा पछुतो भयो


१५ बैशाख २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एकीकृत समाजवादी पार्टीका सांसद प्रेम आलेले नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीमाथि आक्रोश पोखेका छन् ।

सोमबार प्रतिनिधि सभामा प्रस्तुत नागरिक उड्डयन प्राधिकरण विधेयकमाथिको छलफलमा भाग लिने क्रममा आफ्नै हातले नियुक्ति दिएको मान्छेले त्यति साह्रै बदमासी गर्लान् भन्ने आफूले नसोचेको पनि आलेले बताएका छन् ।

उनले आफू मन्त्री हुँदा पार्टीकै ‘माथि’ को दबाबमा त्यस्ता भ्रष्टलाई महानिर्देशकमा नियुक्त गर्नुपरेको पनि जिकिर गरे । आलेले अधिकारीलाई नियुक्त गरेर गल्ती गरेको पनि बताए ।

‘अघि अमरेश माननीयले भन्नुभयो, जुनियर मान्छेलाई ल्याएर डीजी बनाइयो, हो बनाइयो । मेरै पालामा बनाएको हो, तर निधारमा लेखेको हुँदैन नि यो चोर हो कि राम्रो हो, साधु हो वा होइन, थाहा भएन’, उनले भने, ‘मलाई मेरा आफ्नै मानिसले लुटे । अपरिचित उनीहरूसँग कुनै शक्ति थिएन । तर मेरो डुंगा त्यस्तो ठाउँमा डुब्यो जहाँ पानी कम थियो ।’

अमरेशको कुरालाई पुनर्पुष्टिका गर्ने क्रममा आलेले आफूले धेरै पटक जुनियर मान्छेलाई डीजी नबनाउन गरेको आग्रहले काम नलागेको बताए । हिन्दी उखान सम्झिँदै उनले भने, ‘मलाई मेरा आफ्नै मानिसले लुटे । अपरिचित उनीहरूसँग कुनै शक्ति थिएन । तर मेरो डुंगा त्यस्तो ठाउँमा डुब्यो जहाँ पानी कम थियो ।’

आलेले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भ्रष्टाचारको ‘ट्रेलर’ मात्रै देखिएको बताए । उनले अब भैरहवा विमानस्थलमा पूरा ‘फिल्म’ आउने बताए ।

‘पोखराको त ट्रेलर मात्रै हो, भैरहवामा हेरौँ न, त्यहाँ देखिन्छ पूरा फिल्म’, उनले भने, ‘२३ अर्बको जग्गा खरिद गरेर भ्रष्टाचार गरिएको छ । जहाँ हजारौँ भैँसी चरिरहेका छन्, माछा मारिएको छ ।’

उनले अहिलेका पर्यटनमन्त्री बद्री पाण्डेको जागिर प्रदीप अधिकारी (नागरिक उड्ययन प्राधिकरणका डीजी) ले बचाइदिएको बताए ।

‘नत्र, पहिलेका मन्त्रीको नै जागिर खाइदिने डिजी त्यहाँ छ’, उनले भने, ‘तीनैजना ठूला नेतालाई खल्तीमा राख्ने डीजी छ । नत्र किन ६ जना १२औँ तहका हुँदाहुँदै ११औँ तहकालाई डीजी नियुक्त गरियो ?’

यसअघि त्यही विधेयकबारेको छलफलमा भाग लिँदै स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहले राम्रो मान्छेबाट भन्दा हाम्रो मान्छेबाट शासन चलाउने पद्धतिले यस्ता भ्रष्टले अवसर पाएको आरोप लगाएका थिए ।

प्रकाशित मिति : १५ बैशाख २०८२, सोमबार  ६ : ३७ बजे

वर्तमान सरकार चौतर्फी असफल, अर्थतन्त्र संकटग्रस्त : आजपा 

काठमाडौं– आम जनता पार्टी (आजपा)ले वर्तमान सरकार चौतर्फी असफल भएको निश्कर्ष

उपत्यका डुबान : मुख्य निकास साँघुरिँदा बढ्दो सास्ती

काठमाडौं– अनामनगर, नयाँ बानेश्वर, जमल, रानीवन तथा सिंहदरबारलगायत आसपासको क्षेत्र

मधेस प्रदेश सरकारद्वारा ५६.३१ प्रतिशत बजेट खर्च

जनकपुरधाम– मधेस प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ मा कुल बजेटको

‘रासायनिक मलको दीर्घकालीन समाधान गर्न नीतिगत सुधार आवश्यक’

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले रासायनिक मलको दीर्घकालीन

सुदूरपश्चिममा राजस्व सङ्कलन नरोकिने

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेश सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०८३/८४ को