धादिङको त्रिपुरासुन्दरीमा कृषि तथा पशुपन्छी सेवा केन्द्र सञ्चालन « Khabarhub

धादिङको त्रिपुरासुन्दरीमा कृषि तथा पशुपन्छी सेवा केन्द्र सञ्चालन


१४ जेठ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले धादिङको त्रिपुरासुन्दरी गाँउपलिकामा निर्माण भएको कृषि तथा पशुपन्छी सेवा केन्द्रको उद्घाटन गरेका छन् ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गतको ग्रामीण उद्यम तथा आर्थिक विकास आयोजना (रिड)ले निर्माण गरेको उक्त भवनको हस्तान्तरण एवं उद्घाटन कार्यक्रमलाई मङ्गलबार सम्वोधन गर्दै मन्त्री अधिकारीले यस केन्द्रको सञ्चालन सँगै माटो, खेती, बाली तथा पशुपन्छीमा लाग्ने रोगको परिक्षणका लागि सहज र सुलभ सेवा किसानले प्राप्त गर्ने विश्वास व्यक्त गरे । यस्ता सेवा केन्द्रहरुको निर्माण र सञ्चालन हुनु कृषि कर्म गर्ने किसानका लागि महत्वपूर्ण उपलब्धी भएको उनको भनाइ थियो ।

किसानलाई आफनै गाँउ ठाँउमा सहज तरिकाले सेवा प्रदान होस् भन्ने उद्देश्यले मन्त्रालयले काम गरिरहेको उल्लेख गर्दे मन्त्री अधिकारीले मन्त्रालयले गरेका पछिल्ला निर्णय र प्रयासले कृषि क्षेत्रमा छिट्टै सकारात्मक परिवर्तन देखिने विश्वास व्यक्त गरे ।

पछिल्लो समय रासायनिक मल खरिदलाई सरलीकृत गर्न खरिद नियमावलीमै केही संशोधन समेत भएको चर्चा गर्दै मन्त्री अधिकारीले यसबाट मल खरिदमा लाग्ने समय केही छोटो हुने बताए ।

धादिङको सल्यानटार आसपासमा कृषि अनुसन्धान परिषद (नार्क) को अनुसन्धान केन्द्र स्थापनाको गृहकार्य अन्तिम चरणमा पुगेको र यस कार्यका लागि पालिकालाई अग्रसरता लिन पनि मन्त्री अधिकारीले आग्रह गरे ।

त्रिपुरासुन्दरी गाँउपलिकाका अध्यक्ष राजु उप्रेतीले सेवा केन्द्र मार्फत वरपरका पालिकालाई समेत सेवा प्रदान गर्न सकिने गरि काम गर्ने प्रतिवद्धता व्यक्त गरे ।

माटोलगायतको परिक्षणका लागि काठमाडौंसम्म जानुपर्ने बाध्यताको अन्त्य हुने र यसबाट कृषि उब्जनीमा वृद्धि हुने उनले अपेक्षा व्यक्त गरे ।

प्रकाशित मिति : १४ जेठ २०८२, बुधबार  ८ : ४० बजे

दशरथ रंगशालामा त्रिवि दीक्षान्तको रौनक (तस्बिरहरू)

काठमाडौं– त्रिभुवन विश्वविद्यालयको ५१ औं दीक्षान्त समारोह आज (बिहीबार) दशरथ

शीतल निवास वार्ताबारे ओली : संसद् विघटनको प्रतिगमन सच्याएर मात्रै चुनावमा जानुपर्छ भन्यौँ

काठमाडौं– नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले मंगलबार राष्ट्रपति रामचन्द्र

जेन-जी आन्दोलनको ‘म्याण्डेट’ नभुलौँ : महासचिव चन्द

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (माओवादी)ले मुलुकमा विद्यमान राजनीतिक, प्रशासनिक र

महाधिवेशनका स्वयंसेवकलाई एमालेको सम्मान र प्रमाणपत्र (तस्बिरहरू)

काठमाडौं– नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमालेको

बालेन र रविको वार्ता चल्दै गर्दा कुमार बेनको घरमा सुधन पनि

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका