बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ? « Khabarhub

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?


१४ जेठ २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


159
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपियाँ २४ पैसा र बिक्रीदर १३६ रुपियाँ ८४ पैसा कायम भएको छ।

युरोपियन युरो एकको खरिददर १५४ रुपियाँ ५७ पैसा र बिक्रीदर १५५ रुपियाँ २५ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८४ रुपियाँ ५६ पैसा र बिक्रीदर १८५ रुपियाँ ३८ पैसा तथा स्वीस फ्रयाङ्क एकको खरिददर १६४ रुपियाँ ७० पैसा र बिक्रीदर १६५ रुपियाँ ४३ पैसा कायम गरिएको छ।

अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपियाँ ८४ पैसा र बिक्रीदर ८८ रुपियाँ २३ पैसा, क्यानेडियन डलर एकको खरिददर ९८ रुपियाँ ९७ पैसा र बिक्रीदर ९९ रुपियाँ ४१ पैसा तथा सिङ्गापुर डलर एकको खरिददर १०५ रुपियाँ ८० पैसा र बिक्रीदर १०६ रुपियाँ २७ पैसा निर्धारण गरिएको छ।

जापानी येन १० को खरिददर नौ रुपियाँ ४५ पैसा र बिक्रीदर नौ रुपियाँ ५० पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपियाँ ९३ पैसा र बिक्रीदर १९ रुपियाँ ०२ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपियाँ ३२ पैसा र बिक्रीदर ३६ रुपियाँ ४८ पैसा तथा कतारी रियाल एकको खरिददर ३७ रुपियाँ ३८ पैसा र बिक्रीदर ३७ रुपियाँ ५५ पैसा कायम भएको छ।

केन्द्रीय बैङ्कका अनुसार थाइ भाट एकको खरिददर चार रुपियाँ १६ पैसा र बिक्रीदर चार रुपियाँ १८ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपियाँ ०९ पैसा र बिक्रीदर ३७ रुपियाँ २६ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३२ रुपियाँ १४ पैसा र बिक्रीदर ३२ रुपियाँ २८ पैसा, साउथ कोरियन वन १०० को खरिददर ९ रुपियाँ ९२ पैसा र बिक्रीदर ९ रुपियाँ ९६ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १४ रुपियाँ २२ पैसा र बिक्रीदर १४ रुपियाँ २९ पैसा तथा डेनिस क्रोनर एकको खरिददर २० रुपियाँ ७३ पैसा र बिक्रीदर २० रुपियाँ ८२ पैसा तोकिएको छ।

राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १७ रुपियाँ ३८ पैसा र बिक्रीदर १७ रुपियाँ ४६ पैसा, कुवेती दिनार एकको खरिददर ४४४ रुपियाँ २३ पैसा र बिक्रीदर ४४६ रुपियाँ १९ पैसा, बहराइन दिनार एकको खरिददर ३६१ रुपियाँ ३९ पैसा र बिक्रीदर ३६२ रुपियाँ ९८ पैसा तथा ओमनी रियाल एकको खरिददर ३५३ रुपियाँ ८९ पैसा र विक्रीदर ३५५ रुपियाँ ४५ पैसा रहेको छ।

भारतीय रुपियाँ एक सयको खरिददर १६० रुपियाँ र बिक्रीदर १६० रुपियाँ १५ पैसा तोकेको छ। राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ।

प्रकाशित मिति : १४ जेठ २०८२, बुधबार  ५ : ३० बजे

न्यून गुणस्तरको टिलसेट इन्जेक्सन बजारबाट फिर्ता गर्न विभागको निर्देशन

काठमाडौं– औषधि व्यवस्था विभागले टिलसेट नामक इन्जेक्सनको एक ब्याच न्यून

गोविन्द केसीसँग संवाद जारी छ : शिक्षामन्त्री

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले शैक्षिक परामर्श व्यवसायीका लागि

परराष्ट्रले भन्यो- अनलाइन स्क्यामिङ सेन्टरमा ठगीमा परेका ८६० जना नेपालीको उद्धार गर्‍यौँ

काठमाडौं– परराष्ट्र मन्त्रालय मन्त्रालयले मध्यपूर्वको द्वन्द्वका कारण सो क्षेत्रमा रहेका

राहुल गान्धीको आक्रोश : धर्मेन्द्र प्रधान अपराधी शिक्षामन्त्री हुन्, हटाउनै पर्छ

काठमाडौं । भारतमा नीट प्रश्नपत्र चुहावट प्रकरणलाई लिएर विपक्षी दल

चितवनमा ३४ परिवारलाई लालपुर्जा वितरण (तस्बिरहरू) 

चितवन– जिल्ला भूमि समस्या समाधान समिति, चितवनले ३४ परिवारलाई जग्गाधनी दर्ता