आगामी बजेटमा हिमाल देख्न पाइयोस् : महामन्त्री शर्मा « Khabarhub

आगामी बजेटमा हिमाल देख्न पाइयोस् : महामन्त्री शर्मा


१४ जेठ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी बजेटमा हिमालका मुद्दा समेटिने अपेक्षा गरेका छन् ।

सगरमाथा क्षेत्रबाट फर्किएपछि प्रधानमन्त्री केपी शर्मा ओलीलाई पत्र लेख्दै उनले आगामी बजेटमा ‘हिमाली जीवन, हिमाली पर्यटन र सरकारसँगको अपेक्षा’ उल्लेख गरेका छन् ।

शर्माले बजेटमा सम्मानित भरिया बीमा, व्यावसायिक आरोहीलाई पेन्सन, बेस क्याम्पमा सरकारी टावर स्थापना, सगरमाथामा प्रविधि र सरकारको पँहुच, ट्रेकिङ रुट नमासी सडक बनाउने, थुक्लामा यसै वर्ष झोलुङ्गे पुल बनाउने विषय समेट्न आग्रह गरेका छन् ।

यसअघि महामन्त्री शर्माले सगरमाथा आधार शिविरबाट प्रधानमन्त्री ओलीलाई ‘जलवायु परिवर्तन र न्याय ः नेपालले गर्नुपर्छ नेतृत्व’ विषयसम्बन्धी पहिलो पत्र लेखेका थिए ।

उनले सोलुखुम्बुको लुक्लादेखि बेस क्याम्पसम्म र बेस क्याम्पदेखि ‘क्याम्प ३’ को नजिकसम्म पुग्दैगर्दा त्यहाँ आफूले देखेका समस्या, अभाव र चुनौतीका बारेमा प्रधानमन्त्री ओलीलाई पत्रमार्फत अवगत गराएको जानकारी दिए ।

उनले सगरमाथा र अन्य सबै हिमाललाई जलवायु परिवर्तनको चपेटाबाट जोगाउने सङ्कल्पसाथ सुरु ‘सगरमाथा संवाद’ विस्तारित गरेर नेपालले यो ‘एजेन्डा’मा विश्वस्तरीय नेतृत्व लिनुपर्ने उल्लेख गरेका छन् ।

शर्माले पत्रमा लेखेका छन्– ‘अविलम्ब निर्देशन होस्, बजेट निर्माण गर्दा तराई मधेस, पहाड सबै सन्तुलन मिलाउनु नै पर्छ तर त्यो मिलाइरहँदा हिमालले न्याय पाइन भन्ने अवस्था नआओस्, यो बजेटमा हिमाल देख्न पाइयोस् ।’ 

प्रकाशित मिति : १४ जेठ २०८२, बुधबार  ११ : ५९ बजे

दशरथ रंगशालामा त्रिवि दीक्षान्तको रौनक (तस्बिरहरू)

काठमाडौं– त्रिभुवन विश्वविद्यालयको ५१ औं दीक्षान्त समारोह आज (बिहीबार) दशरथ

शीतल निवास वार्ताबारे ओली : संसद् विघटनको प्रतिगमन सच्याएर मात्रै चुनावमा जानुपर्छ भन्यौँ

काठमाडौं– नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले मंगलबार राष्ट्रपति रामचन्द्र

जेन-जी आन्दोलनको ‘म्याण्डेट’ नभुलौँ : महासचिव चन्द

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (माओवादी)ले मुलुकमा विद्यमान राजनीतिक, प्रशासनिक र

महाधिवेशनका स्वयंसेवकलाई एमालेको सम्मान र प्रमाणपत्र (तस्बिरहरू)

काठमाडौं– नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमालेको

बालेन र रविको वार्ता चल्दै गर्दा कुमार बेनको घरमा सुधन पनि

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका