प्रतिपक्षीले संसद् चल्न दिने, सबै दलले आफ्नो भनाइ राख्ने | Khabarhub Khabarhub

प्रतिपक्षीले संसद् चल्न दिने, सबै दलले आफ्नो भनाइ राख्ने


१४ जेठ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिनिधिसभाको बैठक बस्ने भएको छ । सहमति नभएपछि बुधबार बिहान ११ बजेका लागि तय गरिएको बैठक पौने १ बज्दा पनि सञ्चालन हुन सकेको छैन ।

सत्तापक्ष र प्रतिपक्षबीच गृहमन्त्री रमेश लेखकबारे सहमति जुट्न नसकेका कारण बैठक बस्न ढिलाई भएको अवस्थामा अब सबै दलले आफ्ना कुरा राख्ने भएका छन् ।

सभामुख देवराज घिमिरेले सत्तारुढ र प्रतिपक्षी दलका प्रमुख सचेतक र सचेतकहरूसँगको छलफलबाट यस्तो सहमति जुटाएका हुन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले संसद्मा सबै दलले धारणा राख्ने कुरा प्रमुख सचेतक र सचेतकहरूको बैठकमा भएको जानकारी दिएका छन् ।

‘अहिलेलाई सबै दलले संसद्‍मा कुरा राख्ने सहमति भएको छ। तर हामीले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखक र प्रधानमन्त्री केपी शर्मा ओलीको पनि जवाफ मागिरहेका छौँ’, उनले भने, ‘सबै दलले कुरा राखिसकेपछि भोलि के हुन्छ, पछि छलफल होला । अहिलेलाई संसद्‍ चल्न दिएर सबैले कुरा राख्ने सहमति भएको छ ।’

यसअघि मंगलबार प्रतिपक्षी दलहरू गृहमन्त्री लेखकको राजीनामाबाट पछि नहटेपछि संसद् सचिवालयले दोस्रोपल्ट सूचना टाँस गरेर बुधबार ११ बजेसम्मका लागि बैठक स्थगित गरेको थियो ।

त्यसअघि सभामुख देवराज घिमिरेले बैठक सञ्चालनका लागि सहमति जुटाउन दलहरूसँग छलफल गरेका थिए । छलफलमा प्रतिपक्षी दलहरूले संसद् बैठकमा राखेको मागबाट पछि नहट्ने अडान यथावत राखेका थिए ।

उनीहरूले मंगलबार बिहान बसेको बैठकमा भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री लेखकले राजीनामा दिनुपर्ने र छानबिनका लागि उच्चस्तरीय समिति गठन हुनुपर्ने माग गरेका थिए ।

उक्त माग राखेर प्रतिपक्षीहरूले संसद्मा नाराबाजी गरेपछि सभामुख घिमिरेले आधा घण्टाका लागि बैठक स्थगित गरेका थिए । निर्धारित आधा घण्टामा बैठक बस्ने वातावरण नबनेपछि संसद् सचिवालयले सूचना टाँस गरेर दिउँसो २ः३० बजेसम्मका लागि बैठक सारेको थियो ।

पहिलो पटक सूचना टाँस गरेर तोकिएो समयमा पनि बैठक बस्न नसकेपछि सभामुख घिमिरेले कार्यकक्षमा सत्तापक्ष र प्रतिपक्षका प्रमुख सचेतकहरूसँग छलफल गरेका थिए । उक्त छलफल निष्कर्षविहीन भएपछि दोस्रो पटक सूचना टाँस गरेर बैठक बुधबार बस्ने गरी स्थगित गरिएको थियो ।

प्रकाशित मिति : १४ जेठ २०८२, बुधबार  १२ : ५४ बजे

गड्डाचौकी नाकाबाट आउने विदेशी पर्यटक बढ्दै

कञ्चनपुर– छिमेकी मुलुक भारतसँग जोडिएको पश्चिमी सीमानाका गड्डाचौकी भएर नेपाल

जेन-जी आन्दोलन : घाइतेको स्वास्थ्यस्थिति बुझ्न शिक्षामन्त्री अस्पतालमा

काठमाडौं– शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले आज ट्रमा सेन्टर

‘इरान र अन्तर्राष्ट्रिय परमाणु उर्जा निकायबीचको सहमति संकटमा’

एजेन्सी– संयुक्त राष्ट्रसङ्घले पुनः प्रतिबन्ध लागू गरेमा, इरान र अन्तर्राष्ट्रिय

वर्तमान सरकार जनताको मतबाट आएको हैन : ओली

काठमाडौं– नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान

आइतबार एमाले सचिवालय बैठक बस्दै

काठमाडौं– नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आइतबार दिउँसो १