संसद् बैठकमा प्रतिपक्षीको अवरोध, आधा घण्टालाई स्थगित « Khabarhub

संसद् बैठकमा प्रतिपक्षीको अवरोध, आधा घण्टालाई स्थगित


१४ जेठ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


216
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिनिधिसभाको बुधबार बसेको बैठकमा पनि प्रतिपक्षी दलहरूले अवरोध गरेका छन् ।

बैठकअघि प्रमुख सचेतक र सचेतकहरूसँग सभामुख देवराज घिमिरेले गरेको छलफलमा संसद् बैठक चल्न दिने सहमति भएको थियो । तर प्रतिपक्षीको अवरोधका कारण बैठक अघि बढ्न सकेन ।

बैठक सुरू हुनेबित्तिकै नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीसहितका सांसदहरूले उभिएर अवरोध गरेका हुन् । त्यसपछि सभामुख देवराज घिमिरेले आधा घण्टालाई स्थगित गरेका छन् ।

निर्धारित समयभन्दा दुई घण्टा ढिलो गरी सुरु भएको बैठक प्रतिपक्षी दलहरूको अवरोधका कारण आधा घण्टाका लागि स्थगित भएको हो ।

मंगलबार पनि प्रतिपक्षीको अवरोधपछि बुधबार बिहान ११ बजेसम्मका लागि बैठक स्थगित भएको थियो । छलफलपछि बैठक अहिले दिउँसो १ बजे बसेको हो । पहिलो पटक सूचना टाँस गरेर तय गरिएको समयावधिमा पनि दलहरूबीच सहमति नजुटेपछि दोस्रो पटक सूचना टाँस गरेर बैठक बुधबार बिहान ११ बजेसम्मका लागि स्थगित भएको थियो ।

सत्तापक्ष र प्रतिपक्षबीच गृहमन्त्री रमेश लेखकबारे सहमति जुट्न नसकेका कारण ढिलो बसेको बैठकमा पनि अवरोध भएको हो ।

सभामुख देवराज बुधबारको बैठकमा गृहमन्त्रीले बोल्न समय मागेकाले वातावरण बनाइदिन आग्रह गरेका छन् । तर प्रतिपक्षी दलहरूले उभिएर निरन्तर विरोध जनाइरहेका छन् ।

प्रकाशित मिति : १४ जेठ २०८२, बुधबार  १ : ०८ बजे

पोखरा-जोमसोम हवाई सेवा तीन महिनाका लागि स्थगित

मुस्ताङ– हिउँदयाममा मुस्ताङ भ्रमण गर्नेको सङ्ख्या घट्दै गएपछि निजी वायुसेवा कम्पनीले

पर्वहरूले विविधताबीचको राष्ट्रिय एकतालाई थप सुदृढ बनाउँछन् : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले इसाई धर्मावलम्बीको  पर्व ‘क्रिसमस डे’ का

प्रत्येक स्थानीय तहमा सामुदायिक बीउ बैंक स्थापना गर्न जोड

मोरङ– कोशी प्रदेशमा प्रत्येक स्थानीय तहमा कम्तीमा एउटा सामुदायिक बीउ

भाँडी खोला क्षेत्रस्थित मेची राजमार्ग अवरुद्ध

ताप्लेजुङ– यहाँको पाथीभरा याङवरक गाउँपालिका–१ भाँडी खोला क्षेत्रस्थित मेची राजमार्गमा

देवघाटलाई प्लाष्टिक निषेधित क्षेत्र घोषणा गरिँदै

चितवन– देवघाटको धार्मिक क्षेत्रलाई प्लाष्टिक निषेधित क्षेत्र घोषणा गरिने भएको