भोजपुरकाे सिक्रेटारमा बालउद्यान निर्माण « Khabarhub

भोजपुरकाे सिक्रेटारमा बालउद्यान निर्माण


१४ जेठ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

भोजपुर– भोजपुरको अरुण गाउँपालिका– ७ सिक्रेटारमा वडा कार्यालयले १० लाख रुपैयाँ खर्चेर बाल उद्यान निर्माण गरेको छ ।

वडाध्यक्ष कुमार थापाका अनुसार यहाँका पर्यटकीय क्षेत्रको विकाससँगै बालबालिकाको शारीरिक तथा मानसिक स्वास्थ्यलाई दृष्टिगत गरी बाल उद्यान निर्माण गरिएको हो ।

बाल उद्यान हुँदै कैलाशडाँडा र हरित पहाडलगायत क्षेत्रलाई जोडेर एकीकृत पर्यटकीय क्षेत्रको विकासमा वडाले योजनाबद्ध रूपमा काम थालेको उनको भनाइ छ ।

स्थानीय  खड्कबहादुर खड्काले बाल उद्यान अभिभावकलाई आफ्ना बालबालिका घुमाउने  उपयुक्त स्थल बनेको बताए ।

उद्यानमा बालबालिकाको मनोरञ्जनका लागि विभिन्न भौतिक संरचना निर्माण गरिने वडा कार्यालयले जनाएको छ । (रासस) 

प्रकाशित मिति : १४ जेठ २०८२, बुधबार  १ : ११ बजे

पोखरा-जोमसोम हवाई सेवा तीन महिनाका लागि स्थगित

मुस्ताङ– हिउँदयाममा मुस्ताङ भ्रमण गर्नेको सङ्ख्या घट्दै गएपछि निजी वायुसेवा कम्पनीले

पर्वहरूले विविधताबीचको राष्ट्रिय एकतालाई थप सुदृढ बनाउँछन् : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले इसाई धर्मावलम्बीको  पर्व ‘क्रिसमस डे’ का

प्रत्येक स्थानीय तहमा सामुदायिक बीउ बैंक स्थापना गर्न जोड

मोरङ– कोशी प्रदेशमा प्रत्येक स्थानीय तहमा कम्तीमा एउटा सामुदायिक बीउ

भाँडी खोला क्षेत्रस्थित मेची राजमार्ग अवरुद्ध

ताप्लेजुङ– यहाँको पाथीभरा याङवरक गाउँपालिका–१ भाँडी खोला क्षेत्रस्थित मेची राजमार्गमा

देवघाटलाई प्लाष्टिक निषेधित क्षेत्र घोषणा गरिँदै

चितवन– देवघाटको धार्मिक क्षेत्रलाई प्लाष्टिक निषेधित क्षेत्र घोषणा गरिने भएको