प्रतिपक्षको निर्णय : गृहमन्त्रीले राजीनामा दिनुपर्ने, बजेट भने नरोक्ने  « Khabarhub

प्रतिपक्षको निर्णय : गृहमन्त्रीले राजीनामा दिनुपर्ने, बजेट भने नरोक्ने 


१४ जेठ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


618
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिपक्षमा रहेका राजनीतिक दलहरूले भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकको राजीनामा नआउँदासम्म सदन चल्न नदिने निर्णय गरेका छन् । 

नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा रहेको प्रमुख प्रतिपक्षी दलका नेता नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्कपमल दाहाल ‘प्रचण्ड’को च्याम्बरमा बसेको प्रतिपक्षी दलको बैठकले यस्तो निर्णय गरेको हो । 

उक्त बैठकले बजेटका विषयमा भने सकारात्मक हुने पनि निर्णय गरेको छ । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका प्रमुख स्वकीय सचिव गोविन्द आचार्यले भने, ‘गृहमन्त्रीले राजीनामा नदिएसम्म सदन चल्न नदिने तर बजेटका सम्बन्धमा सकारात्मक रहने निर्णय भएको छ ।’

उनले गृहमन्त्री लेखकको राजीनामा नभएसम्म बजेटबाहेकको संसद्को कारबाहीलाई चल्न नदिने निर्णय गरेको पनि जानकारी दिए । 

‘एयरपोर्टमा सरुवा गरेका सचिव नै प्रत्यक्ष जोडिएको प्रमाण पनि आइसकेपछि गृहमन्त्री पदमा बसिरहँदा थप प्रमाण नष्ट हुन सक्ने ठहर भयो,’ आचार्यले भने, ‘उहाँकै सचिवालय पनि जोडिएको हुनाले उहाँसम्म पनि छानबिन गर्नका लागि सहज बाटो खोलिदिनका लागि राजीनामा दिन उपयुक्त हुन्छ भन्ने निष्कर्ष निकाल्यो ।’

प्रकाशित मिति : १४ जेठ २०८२, बुधबार  १ : ४१ बजे

त्रियुगा क्षेत्रमा जंगली हात्ती गाउँ पस्दा १२ घरमा क्षति

गाईघाट– जिल्लाको त्रियुगा नगरपालिका क्षेत्रमा हात्तीले १२ भन्दा बढी घरमा

पोखरा-जोमसोम हवाई सेवा तीन महिनाका लागि स्थगित

मुस्ताङ– हिउँदयाममा मुस्ताङ भ्रमण गर्नेको सङ्ख्या घट्दै गएपछि निजी वायुसेवा कम्पनीले

पर्वहरूले विविधताबीचको राष्ट्रिय एकतालाई थप सुदृढ बनाउँछन् : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले इसाई धर्मावलम्बीको  पर्व ‘क्रिसमस डे’ का

प्रत्येक स्थानीय तहमा सामुदायिक बीउ बैंक स्थापना गर्न जोड

मोरङ– कोशी प्रदेशमा प्रत्येक स्थानीय तहमा कम्तीमा एउटा सामुदायिक बीउ

भाँडी खोला क्षेत्रस्थित मेची राजमार्ग अवरुद्ध

ताप्लेजुङ– यहाँको पाथीभरा याङवरक गाउँपालिका–१ भाँडी खोला क्षेत्रस्थित मेची राजमार्गमा