संसद्‍मा बोल्न नपाएपछि पत्रकार सम्मेलन गर्दै गृहमन्त्री लेखक « Khabarhub

संसद्‍मा बोल्न नपाएपछि पत्रकार सम्मेलन गर्दै गृहमन्त्री लेखक


१४ जेठ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- गृहमन्त्री रमेश लेखकले बुधबार दिउँसो पत्रकार सम्मेलन गरेर आफ्नो धारणा सार्वजनिक गर्ने भएका छन् ।

मंगलबार र बुधबार दुवै दिन भिजिट भिसा प्रकरण उठेका प्रश्नहरूबारे संसद्मा जवाफ दिन खोजे पनि प्रतिपक्षी दलहरूले निरन्तर अवरोध गरेपछि लेखकले पत्रकार सम्मेलन गर्न लागेका हुन्।

गृहमन्त्रीको सचिवालयका एकजना सदस्यका अनुसार संसद्मा उभिएर जवाफ दिने परिस्थिति नबनेको अवस्थामा पत्रकार सम्मेलनमार्फत लेखकले धारणा सार्वजनिक गर्न लागेका हुन् ।

उनले संसद् भवनकै ल्हाेत्से हलमा पत्रकार सम्मेलन गरेर भिजिट भिसा प्रकरणबारे स्पष्टीकरण दिन लागेका हुन् ।

‘संसदमा जवाफ दिने परिस्थिति नबनेको अवस्थामा ल्होत्से हल (संसद् भवन) परिसरमै प्रेस मिट गर्ने तयारी छ,’ उनको सचिवालयका एक सदस्यले खबरहबलाई भने ।

तर, पत्रकार सम्मेलनको समय अहिले तय भइसकेको छैन । ‘समय तोकिएको छैन,’ सचिवालयले भन्यो, ‘परिस्थिति हेरेर सूचना आउँछ ।’

प्रकाशित मिति : १४ जेठ २०८२, बुधबार  २ : ४९ बजे

बढ्दो प्रतिस्पर्धाबीच भारतबाट बाहिरियो सेभेन–इलेभेन

नयाँदिल्ली– भारतमा सञ्चालनमा रहेका सेभेन–इलेभेनका सबै कन्भिनियन्स स्टोर बन्द भएका

बाँकेमा एक वर्षमा ४१७ जनाले लिए सुरक्षित गर्भपतन सेवा

नेपालगञ्ज– बाँके जिल्लामा सुरक्षित गर्भपतन सेवा लिनेको सङ्ख्या अघिल्लो आर्थिक

कांग्रेस सभापतिमा गगन थापाको उम्मेदवारी दर्ता

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदका लागि गगनकुमार थापाले

दसैँमा देशभर लिङ्गे पिङ निर्माण गर्दै पर्यटन बोर्ड

काठमाडौं– नेपालीहरूको महान् पर्व बडादसैँको अवसरमा मौलिक संस्कृति, परम्परा र

रजनीकान्त फेरि ‘टाइगर’ अवतारमा, ‘जेलर-२’ को ट्रेलर सार्वजनिक

काठमाडौं- दक्षिण भारतीय सुपरस्टार रजनीकान्त फेरि एकपटक आफ्नो चर्चित पात्र