युद्धरत रुवान्डा र कङ्गोले अमेरिकामा गरे सहमति « Khabarhub

युद्धरत रुवान्डा र कङ्गोले अमेरिकामा गरे सहमति


१४ असार २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


945
Shares
  • change font
  • change font
  • change font

वाशिङ्टन – दुई अफ्रिकी देश रुवान्डा र प्रजातान्त्रिक गणतन्त्र कङ्गोले फेरि अमेरिकामा सहमति कायम गर्दै दशकौँदेखिको द्वन्द्व अन्त्य गरेका छन्।

शुक्रबार दुई देशबीच अमेरिकामा भएको वार्तामा सहमति भएपछि दुवै देशसँग अमेरिकाले खनिज सम्झौता गर्ने सम्भावना प्रबल भएको छ।

यस सहमतिले प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा वर्षौँदेखि भएको सैन्य गतिविधिको अन्त्य गर्दै शान्ति स्थापना गर्न सहयोग पुग्ने छ। ‘आज हिंसा र विध्वंसको अन्त्य भएको छ। यस पुरै क्षेत्रमा आशा र अवसरको नयाँ अध्याय सुरु भएको छ,’ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने।

अमेरिकी उपराष्ट्रपति जेडी भान्स र विदेशमन्त्री मार्क रुबियोसहित रुवान्डा र प्रजातान्त्रिक कङ्गोका अधिकारीको उपस्थितिमा सहमति भएको हो।

अफ्रिकन अधिकारीले हस्ताक्षर गरिसकेपछि सोही सहमतिमा हस्ताक्षर गर्दै ट्रम्पले यसलाई जर्बजस्त सफलताको रूपमा व्याख्या गरे। सहमतिमा तीन देशका विदेश मन्त्रीको हस्ताक्षर छ।

कङ्गोको राष्ट्रपति कार्यालयले शुक्रबार विज्ञप्ति जारी गर्दै यसलाई ३० वर्ष यताकै कूटनीतिक सफलताको रूपमा व्याख्या गरिएको छ। यो सहमति पछि डिआर कङ्गोका राष्ट्रपति फेलिक्स तिस्केदी र रुवान्डाका राष्ट्रपति पाउल कागामे चाँडो नै अमेरिका जाने भएका छन्। यी दुई राष्ट्रपति सायद एकै पटक अमेरिका जान सक्ने छन्।

यी दुई देशबीच मध्यस्थ गर्न कतारले ठुलो भूमिका निर्वाह गरेको थियो। यस वर्षको सुरुवातमा नै कतारले पहल गरेपछि उसैले अमेरिकासँग पनि सम्पर्क गराएको हो।

डिआर कङ्गोका थुप्रै महत्त्वपूर्ण सहर एम २३ विद्रोहीले कब्जा गरेपछि डिआर कङ्गोमा वर्षौँदेखिको हिंसा यस वर्ष अझ बढेको थियो। विद्रोहीले प्रान्तीय राजधानी गोमा सहितको स्थान कब्जा गर्ने क्रममा हजारौँको ज्यान गएको थियो सयौँ हजारौँ विस्थापित भएका थिए।

प्रकाशित मिति : १४ असार २०८२, शनिबार  ५ : ५४ बजे

विश्वमा एक करोड सात लाख सक्रिय क्षयरोगी

भक्तपुर–  ‘हो १ हामी क्षयरोग अन्त्य गर्छौंः राष्ट्रिय अभियान, हाम्रो

चितवनका दुग्ध उत्पादक किसानले ५५ करोड भुक्तानी पाएनन्

चितवन– जिल्लाका दुग्ध उत्पादक किसानले दूध बिक्री गरे बापत ५५

इरानमाथि आक्रमण : अमेरिकी रक्षामन्त्रीले लिएका थिए अग्रसरता, उपराष्ट्रपति भान्स छैनन् सन्तुष्ट

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनालल्ड ट्रम्पले आफ्ना रक्षामन्त्री पेट हेगसेथ इरानविरुद्ध

टीबीविरुद्ध अभियानमा सहकार्यका लागि औषधि व्यवसायी संघको आह्वान

काठमाडौं– विश्व क्षयरोग दिवसको अवसरमा नेपाल औषधि व्यवसायी संघ (एनसीडीए–काठमाडौं)

सानेपा पुगे सभापति गगन थापा (तस्बिरहरू)

काठमाडौं–  नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै छ ।