देशभर मनसुनी वायुको प्रभाव: चार प्रदेशमा धेरै भारी वर्षाको सम्भावना « Khabarhub

देशभर मनसुनी वायुको प्रभाव: चार प्रदेशमा धेरै भारी वर्षाको सम्भावना


१४ असार २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


432
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। शनिबार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ।

जल तथा मौसम विज्ञान विभागका अनुसार कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागका केही स्थानहरूमा तथा बाँकी भू-भागका थोरै स्थानहरूमा मेघगर्जनरचट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

देशका पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। देशको उच्च-पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरू हल्कादेखि मध्यम वर्षारहिमपातको सम्भावना रहेको छ।

शनिबार राति देशभर आंशिकदेखि साधारणतया बदली रहने मौसम विज्ञान विभागको पूर्वानुमान महाशाखाले जनाएको।

गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भू-भागका केही स्थानहरूमा तथा बाँकी भू-भागका थोरै स्थानहरूमा मेघगर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

महाशाखाका अनुसार गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ।

देशको उच्च-पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षारहिमपातको सम्भावना रहेको छ।

प्रकाशित मिति : १४ असार २०८२, शनिबार  ६ : ४५ बजे

ग्लोबल आइएमई बैंकद्वारा १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव

काठमाडौं– ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्ना शेयरधनीहरूलाई आर्थिक वर्ष २०८२-८३

भोटेकोशीको बाढी : २५ अर्बको बीमा दाबी, इन्जिनियरिङमा मात्रै २० अर्ब क्षति

काठमाडौँ – भदौ १० गते भोटेकोशी र त्रिशुली नदीमा आएको

जेलेन्स्कीको चेतावनी : रूस–युक्रेन युद्धका कारण हवाई सुरक्षामा चुनौती बढ्न सक्ने

किएभ– युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रूस–युक्रेन युद्ध जारी रहेसम्म युक्रेनी ड्रोन

तीनभाइको प्रतीक्षामा रामकुमार, ‘चुलो नबलेको हप्ता भयो, सम्झानाले सताइरहन्छ’

सप्तरी– रामकुमार यादव आफ्ना तीन भाइ एकैपटक घर आउन सक्ने

बाढी विपत्तिको शोकमा आन्तरिक राजस्व विभागद्वारा भदौ १६ को करदाता पुरस्कार स्थगित

काठमाडौँ – रसुवा र नुवाकोटलाई केन्द्र बनाएर आएको भीषण बाढीका