रास्वपाको हस्ताक्षर अभियानमा बाबुराम भट्टराईको समर्थन  « Khabarhub

रास्वपाको हस्ताक्षर अभियानमा बाबुराम भट्टराईको समर्थन 


१४ असार २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


252
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को बनस्थलीस्थित केन्द्रीय कार्यालय पुगेका छन् । रास्वपाको जारी हस्ताक्षर अभियानमा समर्थन जनाउन उनी शनिबार बनस्थलीस्थित केन्द्रीय कार्यालय पुगेका हुन् । 

बनस्थली पुगेर पूर्वप्रधानमन्त्री भट्टराईले अभियानमा समर्थन गर्दै हस्ताक्षर गरेको रास्वपाका नेता दीपक बोहराले जानकारी दिएका छन् । 

‘राजनीतिक प्रतिशोधविरुद्धको जनताको हस्ताक्षर अभियानमा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले साथ समर्थन जनाउनुभएको छ,’ उनले भने । 

बोहराका अनुसार भट्टराईले रास्वपाका सभापति रवि लामिछानेमाथि राज्यले अन्याय गरेको भन्दै हस्ताक्षर गरेका छन् । 

रास्वपा असार ७ गतेदेखि पार्टी सभापति लामिछानेमाथि सरकारले प्रतिशोध साँधेको दाबी गर्दै देश भित्र र बाहिर हस्ताक्षर संकलन गरिरहेको छ ।

प्रकाशित मिति : १४ असार २०८२, शनिबार  ३ : ४८ बजे

प्रेस चौतारी अध्यक्ष पाण्डेलाई संकट, संगठनका २३ नेतृले कसे मोर्चा

काठमाडौं- नेकपा एमालेको भ्रातृसंगठन राष्ट्रिय युवा संघका नेता मञ्जिब क्षेत्रीलाई

जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो

एजेन्सी – मस्कोले जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता लरेन्ट भिनाटियरको बारेमा

बरियारपट्टी छोटी भन्सार स्तरोन्नतिको माग गर्दै अर्थमन्त्रीलाई ज्ञापनपत्र

सिरहा– सिरहाको बरियारपट्टी गाउँपालिका–३ मा रहेको छोटी भन्सार कार्यालय बन्द

संघर्ष छिचोल्दै श्रीमान्–श्रीमती एकसाथ दीक्षित

काठमाडौं– जीवनमा सबैलाई अर्थपूर्ण साथको आवश्यकता पर्छ । अझ जिम्मेवारी