एमाले फलामको टुक्रा होइन, कसैले दर्शन ढुङ्गा चपाउँछु भनेर दाँत भाँच्नु बेग्लै कुरा हो – प्रधानमन्त्री ओली « Khabarhub

एमाले फलामको टुक्रा होइन, कसैले दर्शन ढुङ्गा चपाउँछु भनेर दाँत भाँच्नु बेग्लै कुरा हो – प्रधानमन्त्री ओली


१४ असार २०८२, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा एमाले साधारण फलामको टुक्रा नभएको बताएका छन् । उनले एमाले सिद्धान्त, विचार र संगठनको स्पात भएको बताए । ‘एमाले किञ्चित तलमाथि हुँदैन, कसैले दर्शन ढुङ्गा चपाउँछु भनेर दाँत भाँच्नु बेग्लै कुरा हो ।’ ओलीले भने ।

उनले एमाले जबज जपेर नबसेको र विगत तीन दशकमा सफलतापूर्वक कार्यान्वयनमा लागेको बताए । उनले भने, ‘नेकपा एमाले भकिम्लाको काठ होइन, स्पातबाट बनेको हो ।’

जनताको बहुदलीय जनवादका प्रणेता मदन भण्डारीको ७४औं जन्मजयन्तीको अवसरमा राष्ट्रिय सभा गृहमा आयोजित कार्यक्रममा बोल्दै ओलीले नेकपा एमालेविरुद्ध बारम्बार आरोपको खेती गर्ने काम भएको बताए । ‘नेकपा एमाले झुसे बारुलो थिएन, चिभे चराले चिललाई लखेटेर टोकेर हैरान बनाइदिन्छ । आकार हेरेर मात्र हुँदैन विचारको दम, उद्देश्य र प्रतिबद्धता हेर्नुपर्छ । सही नेतृत्व, सही विचारलाई अंगिकार गर्न प्रतिबद्ध छ कि छैन ? हेर्नुपर्छ । दुनियाको वामपन्थी आन्दोलनमा असाधारण शक्ति रहेको एमाले आफैंमा एउटा शक्ति हो ।’

एमालेको विरोध मदन भण्डारीले नेतृत्व गर्दा समेत भएको ओलीले बताए । ‘उसबेला पनि मदन भण्डारीलाई भनिएको हो । फुत्त दुलाभित्रबाट निस्किएर नेता हुन पाइन्छ ?’ ओलीले भने, ‘उहाँ भूमिगत आन्दोलन र संघर्षबाट आउनु भएको थियो । त्यो कुरा नबुझिएको हो । मदन भण्डारीलाई चारित्रिक आरोप लगाइयो । ४ वटी श्रीमती छन् भनियो । दुरबोली लगाइयो । सहकारीको ठग हो भनियो । शतप्रतिशत झुठ र लाञ्छना आरोप लगाइयो । अनेक सिलसिला चल्यो ।’

त्यतिबेला पनि पार्टीले आरोपको सामना गरेको ओलीले बताए । ‘पार्टीमा अनेक विभाजन गरियो । नक्कली इस्यु, महाकाली इस्यु त्यतिबेला राष्ट्रवादको आडम्बरी नक्कली दम नभएको इस्यु निकालेर पार्टी फुटाइयो ।’ प्रधानमन्त्री ओलीले महाकाली सन्धि कार्यान्वयन गर्ने पक्षमा म अझै रहेको बताए । उनले पञ्चेश्वर परियोजना निकट भविष्यमा पूरा हुने बताए । ‘महाकाली सन्धि ठीक छ । कार्यान्वयन हुन्छ । नदी खोला बेचिएका थिएनन् । नेकपा एमाले राष्ट्रिय हित, स्वाधिनता बेच्ने होइन अलिकति तलमाथि हुन दिँदैन । त्यस्तो शक्तिलाई आरोप लगाइयो । नेकपा एमालले यसलाई सहँदैन ।’ ओलीले भने ।

प्रकाशित मिति : १४ असार २०८२, शनिबार  ३ : ५१ बजे

कुवेत–चीन चार अर्ब १० करोड डलरको बन्दरगाह सम्झौता

एजेन्सी – विश्व व्यापारमा आफ्नो भूमिका विस्तार गर्दै अर्थतन्त्रलाई विविधीकरण

निर्वाचनका लागि सरकार र मुख्य दलबीच समझदारीको पक्षमा राष्ट्रपति

काठमाडौं- फागुन २१ गते हुने निर्वाचन सम्पन्न गर्नका लागि वातावरण

प्रधानमन्त्री बाहिरिइन्, तीन दलका नेता शीतल निवासमै  

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसँगको छलफलपछि प्रधानमन्त्री सुशीला कार्की राष्ट्रपति भवनबाट

नयाँ चलचित्र जाँचपास कार्यविधिमा चलचित्रकर्मीले देखाए खोट

काठमाडौं – नेपाली फिल्म क्षेत्रमा सेन्सरको विवाद नयाँ होइन ।

मधेस प्रदेश प्रमुखसमक्ष वार्षिक प्रतिवेदन पेस

महेन्द्रनगर– राष्ट्रिय दलित आयोगद्वारा आज मधेस प्रदेशप्रमुख समक्ष पाँचौँ वार्षिक