पाकिस्तानमा भारी वर्षापछि आएको बाढीका कारण २४ जनाको मृत्यु « Khabarhub

पाकिस्तानमा भारी वर्षापछि आएको बाढीका कारण २४ जनाको मृत्यु


१४ असार २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


138
Shares
  • change font
  • change font
  • change font

पेशावर – पाकिस्तानमा यो साता मनसुन सुरु भएपछि भएको भारी वर्षा र बाढीका कारण १२ बालबालिकासहित २४ जनाको मृत्यु भएको प्रकोप व्यवस्थापन अधिकारीहरूले बताएका छन् ।

पञ्जाबको पूर्वी प्रान्तमा बुधबारदेखि अहिलेसम्म कम्तीमा १३ जनाको मृत्यु भएको पञ्जाबको विपद् व्यवस्थापन प्राधिकरणले शनिबार जनाएको छ ।

भारी वर्षाका कारण कम्पाउण्डका पर्खाल, घर तथा छाना भत्किँदा कम्तीमा आठ जना बालबालिकाको मृत्यु भएको छ । खैबर पख्तुनख्वाका अधिकारीहरूले पछिल्लो २४ घण्टामा आएको बाढी र पहिरोमा परी ११ जनाको मृत्यु भएको बताएका छन् ।

मृत्यु हुनेमा चार बालबालिका र तीन महिला रहेका छन् भने अन्य छ जना घाइते भएको प्रान्तीय विपद् व्यवस्थापन निकायले शुक्रबार अबेर जनाएको छ ।

उक्त निकायका अनुसार मृत्यु हुनेमा १० जना उत्तरपश्चिमी स्वात उपत्यकाका थिए । स्थानीय सञ्चारमाध्यमका अनुसार उक्त इलाकामा अचानक आएको बाढीले नदी किनारमा रहेका घर र त्यहाँ बसोबास गर्ने परिवारलाई बगाएको थियो ।

खैबर पख्तुनख्वामा आएको बाढीले ५६ घरमा क्षति पु¥याएको छ जसमध्ये छ वटा घर पूर्णरूपमा भत्किएका छन् ।राष्ट्रिय मौसम विज्ञान सेवाले मङ्गलबारसम्म भारी वर्षा र आकस्मिक बाढीको जोखिम उच्च रहने चेतावनी दिएको छ ।

गत महिना पाकिस्तानमा आएको भीषण आँधीबेहरी, असिनासहित विभिन्न चरम मौसमी घटनाहरूमा परी कम्तीमा ३२ जनाको मृत्यु भएको थियो ।

प्रकाशित मिति : १४ असार २०८२, शनिबार  ८ : २४ बजे

आज २०८२ साल फागुन ३० गते शनिबारको राशिफल

काठमाडौं – आज २०८२ साल फागुन ३० गते  शनिबार चैत

बुटवलको जुत्ता पसलमा आगलागी

बुटवल- बुटवलको एक जुत्ता पसलमा शुक्रबार (फागुन २९) साँझ आगलागी

शुक्रबार झापामा सबैभन्दा बढी वर्षा

काठमाडौं- मौसम बदली कायम रहँदा शुक्रबार पनि देशका विभिन्न जिल्लामा

समानुपातिक सांसदको नाम टुंग्याउन रास्वपाले डाक्यो सचिवालय बैठक

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी सचिवालय बैठक डाकेको

चुनावमा महावीरले बचाए २७ लाख रुपैयाँ

काठमाडौँ- नवनिर्वाचित स्वतन्त्र सांसद महावीर पुनले आफ्नो चुनावी अभियानबाट करिब