दीपेन्द्रले सुरु गरे रामेश्वर थापाको बायोपिक ‘क्याप्टेन साब’को छायाङ्कन « Khabarhub

दीपेन्द्रले सुरु गरे रामेश्वर थापाको बायोपिक ‘क्याप्टेन साब’को छायाङ्कन


१२ श्रावण २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – निर्देशक दीपेन्द्र के खनालले बायोपिक ‘क्याप्टेन साब’को छायाङ्कन सुरु गरेका छन् । उनले काभ्रेको बेथानचोकबाट शनिबारदेखि छायाङ्कन सुरु गरेका हुन् ।

निर्देशक खनालका अनुसार यो फिल्मको छायाङ्कन काभ्रे, काठमाडौं, चितवन र वीरगञ्जमा हुनेछ ।

यो क्याप्टेनसमेत रहेका व्यवासायी रामेश्वर थापाको बायोपिक हो । रामेश्वरको भूमिका नायक खगेन्द्र लामिछानेले निर्वाह गर्ने तय भएको छ । फिल्मको नायिका सुरक्षा पन्त हुन् ।

छायाङ्कनमा निस्किएका खनालले एक फरक खालको कथामा फिल्म बनाउन लागेको बताए । ‘क्याप्टेन साब’ रामेश्वरको संस्मरण कृति ‘इन्टो द फायर’मा आधारित रही उनका जीवनका उत्तारचढाव समावेश गरी फिल्म मनोरञ्जनपूर्ण बनाउने उनको दाबी छ ।

यस फिल्मको लेखक निर्देशक दीपेन्द्र आफैँ हुन् । पटकथा प्रडक्सन, यार्सा स्टुडियो र रिच इन्टरटेन्मेन्टको सहकार्यमा बन्ने यो फिल्मको निर्माताहरु खनालसहित करण श्रेष्ठ र श्रृष्टिमा खनाल छन् ।

प्रकाशित मिति : १२ श्रावण २०८२, सोमबार  ७ : ४३ बजे

पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित

मुस्ताङ – पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित भएको छ ।

पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर – मकवानपुरको हेटौँडामा पिकअप गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा

किन घटे मुस्ताङ आउने पर्यटक ?

मुस्ताङ – गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालु

गाजामा इजरायली हवाई आक्रमणमा हमासका तीन सदस्य मारिए

जेरुसेलम – गाजा पट्टीमा गत सप्ताहान्त इजरायलले गरेको हवाई आक्रमणमा

तातोपानी नाका नियमित सञ्चालनको माग, दुई दिनमा जम्मा १० कन्टेनर नेपाल भित्रिए

सिन्धुपाल्चोक – यही कात्तिक १ गतेदेखि अस्थायी रुपमा सञ्चालनमा ल्याइएको