आज २०८२ साल साउन १२ गते सोमबारको राशिफल « Khabarhub

आज २०८२ साल साउन १२ गते सोमबारको राशिफल


१२ श्रावण २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


2.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८२ साल साउन १२ गते सोमबार। साउन शुक्ल पक्षको चतुर्थी तिथि। तदनुसार सन् २०२५ जुलाई २८ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : दिन राम्रो छ। आज नयाँ मानिससँगको भेटले पुरानो कुराको सम्झना हुनेछ। शिक्षा र स्वास्थ्यमा सुधारमा संकेत देखिनेछन्। वैदेशिक रोजगारीमा लगानी गरेको भए फाइदा हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर रहला।

वृष : दिन सामान्य राम्रो छ। सम्पत्ति आर्जन भएपनि स्वास्थ्यमा समस्या हुँदा मन दुखी हुनेछ। शिक्षामा लगानी गरेको भए ढिलासुस्ती हुनेछ। पारिवारिक सम्बन्ध सुमधुर रहला। राज्यको तर्फबाट तपाईंको व्यवहारमा शंका हुनेछ।

मिथुन : दिन सामान्य छ। बोल्दा सचेत भएर बोल्नुपर्नेछ। बोलीका कारणले साथीभाइ टाढा पुग्नेछन्। लगानीको क्षेत्रमा घाटा हुने दिन छ। ठूलो लगानीमा हात नहालेको राम्रो हुनेछ। शिक्षा र स्वास्थ्यमा केही सुधार हुनेछ।

कर्कट : दिन राम्रो छ। धनलक्ष्मी योग परेकाले सम्पत्तिको सदुपयोग गर्नु उचित हुन्छ। डुब्न लागेको सम्पत्ति हात लाग्ने संकेत देखा पर्नेछ। रोजगारी र राजनीतिमा तपाईको बढुवा हुने सम्भावना छ। पारिवारिक सम्बन्ध राम्रो रहेको छ।

सिंह : दिन राम्रो छ। वैदेशिक रोजगारीमा लगानी गरेको भए फाइदा हुनेछ। राजनीतिक क्षेत्रमा सुधारका संकेत देखा पर्नेछन्। परिवारमा भने गोपनीयता कायम गर्नु राम्रो हुनेछ।

कन्या : दिन सामान्य छ। खर्च बढ्नेछ। स्वास्थ्यमा भने सुधारका संकेत देखिनेछन् मानसम्मान बढ्नेछ। शिक्षामा राम्रो प्रगति हुनेछ। राजनीतिक क्षेत्रमा पनि फाइदा हुने योग परेको छ।

तुला : आज प्रतिभा प्रदर्शन गर्ने दिन छ। घुमघामको अवसर मिल्नेछ। शिक्षामा आलश्य बढ्नेछ। लगानीमा पनि दिन उपयुक्त छैन। परिवारको साथ लिएर अघि बढ्नुपर्ने दिन छ।

वृश्चिक : दिन राम्रो छ। संघर्षले सार्थकता पाउनेछ। शिक्षा र स्वास्थ्यले तपाईलाई साथ दिनेछ। बौद्धिक व्यक्तिसँगको भेटले मनमा खुसी मिल्नेछ। दाम्पत्य जीवनमा खटपटी हुनेछ।

धनु : दिन राम्रो छ। स्वास्थ्य, शिक्षामा गरेको प्रयास सफल हुनेछ। परिवारले साथ दिनाले मनमा उत्साह थपिनेछ। राजनीतिमा भने हात नहालेको राम्रो हुनेछ।

मकर : दिन सामान्य छ। हरेक कार्यमा शंकाको घेरामा भएकाले परिवारबाट जोगिएर काम गर्नुपर्ने देखिन्छ। शत्रु बढ्नेछन्। परिवारसँग्को सम्बन्ध सुमधुर बन्नेछ।

कुम्भ : दिन सामान्य छ। यात्राको अवसर मिल्नेछ। तर समय र खर्च बढ्ने भएकाले अनावश्यक यात्रामा ननिस्किएको राम्रो हुनेछ। धार्मिक कार्यमा सहभागी भएमा दिन सहज बन्नेछ।

मीन : मनमा खटपटी बढ्नेछ। स्वास्थ्यमा समस्या आउँन सक्छ। हनुमान वा गणेशको पुजा गरेर अघि बढे लाभ मिल्नेछ। परिवारको साथ रहनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

प्रकाशित मिति : १२ श्रावण २०८२, सोमबार  ५ : १२ बजे

नेपालमा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणाली घातक हुन्छ : महासचिव आहुति

काठमाडौं– वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका महासचिव विश्वभक्त दुलाल आहुतिले नेपालमा

भोजपुर कारागारका कैदीबन्दीलाई ‘स्मार्ट कार्ड’

टक्सार– यहाँको जिल्ला कारागार कार्यालयमा रहेका कैदीबन्दीलाई राष्ट्रिय परिचयपत्रको ‘स्मार्ट

महोत्तरीमा २५ हजारभन्दा बढी मतदाता थपिए

जलेश्वर – महोत्तरीमा २५ हजारभन्दा बढी मतदाता थपिएका छन् ।

विश्वकप उपविजेता दृष्टिविहीन महिला क्रिकेट टोलीलाई प्रधानमन्त्रीको बधाई

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले दृष्टिविहीन महिला टी–२० विश्वकपमा उपविजेता भएको