सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ? « Khabarhub

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?


१२ श्रावण २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिदर १३८ रुपियाँ १३ पैसा र बिक्री दर १३८ रुपियाँ ७३ पैसा कायम भएको छ।

युरोपियन युरो एकको खरिदर १६२ रुपियाँ १९ पैसा र बिक्रीदर १६२ रुपियाँ ९० पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिदर १८५ रुपियाँ ६३ पैसा र बिक्रीदर १८६ रुपियाँ ४३ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १७३ रुपियाँ ७८ पैसा र बिक्रीदर १७४ रुपियाँ ५४ पैसा कायम गरिएको छ।

अष्ट्रेलियन डलर एकको खरिददर ९० रुपियाँ ७० पैसा र बिक्रीदर ९१ रुपियाँ १० पैसा, क्यानेडियन डलर एकको खरिदर १०० रुपियाँ ८१ पैसा र बिक्रीदर १०१ रुपियाँ २५ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०७ रुपियाँ ८० पैसा र बिक्रीदर १०८ रुपियाँ २७ पैसा निर्धारण गरिएको छ।

जापानी येन १० को खरिदर नौ रुपियाँ ३५ पैसा र बिक्रीदर नौ रुपियाँ ३९ पैसा, चिनियाँ युआन एकको खरिदर १९ रुपियाँ २७ पैसा र बिक्रीदर १९ रुपियाँ ३५ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपियाँ ८२ पैसा र बिक्रीदर ३६ रुपियाँ ९८ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपियाँ ७९ पैसा र बिक्रीदर ३७ रुपियाँ ९६ पैसा कायम भएको छ।

केन्द्रीय बैङ्कका अनुसार थाई भाट एकको खरिददर चार रुपियाँ २७ पैसा र बिक्रीदर चार रुपियाँ २९ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपियाँ ६१ पैसा र बिक्रीदर ३७ रुपियाँ ७७ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३२ रुपियाँ ७२ पैसा र बिक्रीदर ३२ रुपियाँ ८६ पैसा, साउथ कोरियन वन एक सयको खरिददर नौ रुपियाँ ९८ पैसा र बिक्रीदर १० रुपियाँ ०३ पैसा, स्विडिस क्रोनर एकको खरिददर १४ रुपियाँ ५० पैसा र बिक्रीदर १४ रुपियाँ ५६ पैसा र डेनिस क्रोनर एकको खरिददर २१ रुपियाँ ७३ पैसा र बिक्रीदर २१ रुपियाँ २२ पैसा तोकिएको छ।

राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिदर १७ रुपियाँ ६० पैसा र बिक्रीदर १७ रुपियाँ ६७ पैसा, कुवेती दिनार एकको खरिददर ४५२ रुपियाँ ९० पैसा र बिक्रीदर ४५४ रुपियाँ ८७ पैसा, बहराइन दिनार एकको खरिददर ३६६ रुपियाँ ३९ पैसा र बिक्रीदर ३६७ रुपियाँ ९८ पैसा, ओमनी रियाल एकको खरिददर ३५९ रुयैयाँ २५ पैसा र बिक्रीदर ३६० रुपियाँ ६१ पैसा रहेको छ। भारतीय रुपियाँ एक सयको खरिददर १६० रुपियाँ र बिक्रीदर १६० रुपियाँ १५ पैसा तोकेको छ।

राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको ‘वेबसाइट’ मा उपलब्ध हुने जनाइएको छ।

प्रकाशित मिति : १२ श्रावण २०८२, सोमबार  ५ : ५९ बजे

भारतीय दूतावासमा चलचित्र ‘पेन्सन पट्टा’ को ट्रेलर प्रदर्शन

काठमाडौं– प्रदर्शनका क्रममा रहेको चलचित्र ‘पेन्सन पट्टा’ को ट्रेलर काठमाडौँस्थित

भक्तपुर पर्यटनको ३२ वर्ष : ५२ लाखभन्दा बढी पर्यटक घुमे

भक्तपुर– भक्तपुरको पर्यटनको इतिहास ३२ वर्ष नाघेको छ । भक्तपुर

११ दिनपछि उद्धार गरिएका आफ्ना नागरिकसँग चिनियाँ दूतावासको टोलीको भेट

काठमाडौं- माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको सुरुङबाट उद्धार गरिएका चिनियाँ नागरिकसँग

वीरेखोला बाढी : २३ परिवार विस्थापित, धानखेत बगरमा परिणत

 बाजुरा– यहाँको वीरेखोला झरनामा भीषण बाढी आउँदा झण्डै दुई दर्जन

निजी क्षेत्रको लगानीमार्फत सुदूरपश्चिमलाई समृद्ध बनाउनुपर्छ : मुख्यमन्त्री भट्ट

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले प्रदेश सरकारको स्पष्ट नीति