अमेरिका र युरोपेली युनियनले गरे व्यापार सहमति « Khabarhub

अमेरिका र युरोपेली युनियनले गरे व्यापार सहमति


१२ श्रावण २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – युरोपेली युनियन र अमेरिका व्यापार सम्झौताका लागि तयार भएका छन्। संसारका दुई ठुला व्यापारिक साझेदार लामो समयको तनावपछि सहमतिको नजिक पुगेका हुन्।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युरोपेली युनियनकी प्रमुख उरुस्ला भान डेर लियनबीच स्कटल्यान्डमा भएको भेटपछि दुवै देश सहमतिमा पुगेका हुन्। सहमति अनुसार अमेरिका जाने युरोपेली युनियनको सामानमा १५ प्रतिशत कर लाग्ने छ।

यसअघि ट्रम्पले ३० प्रतिशत करको घोषणा गरेका थिए। राष्ट्रपति ट्रम्पले २७ देशका ब्लकका कुनै सामानमा भने अमेरिका प्रवेशमा कर नलाग्ने बताएका छन्।

सुरुमा धेरै करको घोषणा गरेका ट्रम्पले बेलायत, जापान, इन्डोनेसिया, फिलिपिन्स र भियतनामसँग वार्ता गर्दै सहमति कायम गरेका हुन।

पाँच दिनको स्कटल्यान्ड भ्रमणमा पुगेका ट्रम्पले त्यहीबाट सहमतिको घोषणा गरेका हुन्।

प्रकाशित मिति : १२ श्रावण २०८२, सोमबार  ६ : ५५ बजे

प्रशिक्षकसँगको विवादपछि राष्ट्रिय टोलीमा रोनाल्डोको भविष्य अनिश्चित

काठमाडाैं – प्रशिक्षक जर्ज जेससले बिहीबार डेनमार्कविरुद्धको खेलमा पोर्चुगलका सुपरस्टार

कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशन : तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेस संस्थापन इतर समूहको १५औँ महाधिवेशनअन्तर्गत देशभर

बाँध भत्किएपछि जलेश्वर जलमग्न

महोत्तरी – बलवा नगरपालिकाको वन्चौरी र महोत्तरी गाउँपालिकाको गोरिगमा तथा

बंगलादेशमाथि इन्डोनेसियाको शानदार जित, बेकरले एक्लै गरे ५ गोल

काठमाडौं – इन्डोनेसियाले बंगलादेशमाथि फराकिलो जित निकाल्दै फिफा आसियान कप

दीपेन्द्रसिंह ऐरी आईएल टी–२० अक्सनमा अन्सोल्ड

काठमाडौं – नेपाली राष्ट्रिय टी–२० आई क्रिकेट टोलीका कप्तान दीपेन्द्रसिंह